काठमाडौं ।ल्याटिन अमेरिकी देश बोलिभियाले इजरायलसँगको कूटनीतिक सम्बन्ध तोड्ने घोषणा गरेको छ । गाजा क्षेत्रमा इजरायलले गरेको हमलाको विरोध गर्दै बोलिभियाले उक्त घोषणा गरेको बीबीसीले जनाएको छ । बोलिभियाका उपविदेशमन्त्री फ्रेडी ममानीले पत्रकार सम्मेलनमा भनेकी छन्, ‘गाजापट्टीमा भइरहेको आक्रामक र असंगत इजरायली सैन्य आक्रमणको निन्दा गर्दै बोलिभियाले इजरायलसँगको कूटनीतिक सम्बन्ध तोड्ने निर्णय गरेको छ ।’…