काठमाण्डौ । संविधानको सर्वोच्चता, विधिको शासन, मानव अधिकार र मौलिक हकको प्रत्याभूतिजस्ता मुख्य विशेषतालाई अँगाल्दै सत्तारुढ नेकपाको विधानबाट ‘जनताको बहुदलीय जनवाद’ ९जबज० लाई हटाइने भएको छ । पार्टी एकतापछि नेकपाको २०७५ जेठ ३ गते सम्पन्न प्रथम केन्द्रीय कमिटीको बैठकबाट पारित ‘अन्तरिम विधान, २०७५’ मा ‘पार्टीको रणनीतिक लक्ष्य अर्थात् अधिकतम कार्यक्रम वैज्ञानिक समाजवाद हो, न्यूनतम कार्यक्रम जनताको जनवाद…