८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

उपसभामुखलाई राजीनामा गराउँदै नेकपा



काठमाडौं ।
सत्तारुढ नेकपाले संसद्को हिउँदे अधिवेशनअगावै उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गराउने भएको छ । पुस ४ मा शुरु हुने अधिवेशनको अध्यक्षता राजपा नेता एवं जेष्ठ सदस्य महन्थ ठाकूरले गर्नेछन्। संसद नियमावलीको व्यवस्थाअनुसार प्रतिनिधिसभा बैठकको प्रारम्भ र अन्त्य सभामुखले गर्छन्। उनी नहुँदा जेष्ठ सदस्यबाट गराइन्छ। यौन दुर्व्यवहार आरोपमा कृष्णबहादुर महराले राजीनामा दिएपछि अहिले प्रतिनिधिसभाको सभामुख पद खाली छ। सभामुख र उपसभामुख फरक दल र लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था छ। उपसभामुखबाट राजीनामा नगरी नेकपाका सांसदले सभामुखमा प्रतिष्पर्धा गर्न पाउँदैनन्। त्यही कारण तुम्बाहाङ्फेको पद गुम्न लागेको हो। सभामुख आफ्नो पार्टीले लिएपछि उपसभामुख अन्य पार्टीलाई दिने तयारी नेकपाको छ। तर उपसभामुख तुम्बाहाङ्फेले भने सभामुख निर्वाचन प्रकृया प्रारम्भ भएपछि आफूले राजीनामा दिने बताएकी छिन्, यो खबर अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ।

प्रकाशित मिति : २५ मंसिर २०७६ बुधबार ००:००  ६ : ५६ बजे