२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

शिवराज-१० उपनिर्वाचनः ४ सय मत गणना हुँदा राजपा अगाडी, नेकपा पुछारमा



मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १० मा आज भएको उपनिर्वाचनको मतगणना जारी छ । यो समाचार तयार पार्दासम्म (राती १० बजे) सम्म ४ सय मत गणना भएको छ । जसमा राजपा अगाडी देखिएको छ भने पुछारमा नेकपामा रहेको छ ।
प्राप्त मत परिणाम अनुसार राजपाका उम्मेदवारले २ सय १२ मत ल्याएका छन् । यस्तै कांग्रेस ९३, समाजवादी पार्टीका उम्मेदवारले ५० मत ल्याएका छन् भने नेकपाका उम्मेद्वारले ३१ मत ल्याएका छन् । चुनावी मत परिणाम राती नै सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७६ शनिबार ००:००  १० : २८ बजे