२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

कांग्रेसले खोल्यो खाता, बाजुराको त्रिवेणीमा विजयी



बाजुरा ।
शनिबार भएको उपनिर्वाचनको मतपरिणाम सार्वजनिक हुनेक्रम जारी छ । जस अन्तर्रगत नेकपाले अधिकांश ठाउँमा चुनाव जितेको छ भने समाजवादी पार्टीले एक ठाउँमा खाता खोलिसकेको छ । कांग्रेसले खाता खोल्न नसकिरहेको बेलामा बाजुराबाट खाता खालेको छ ।

बाजुराको त्रिवेणी नगरपालिका वडा नं. १ मा कांग्रेसका उम्मेदवार खकेन्द्र बहादुर चदारा विजयी भएका छन् । उनले नेकपाका उम्मेदवारलाई हराएका हुन् । चदाराले ४ सय ७३ मत ल्याए भने नेकपाका उम्मेदवारले २ सय ९७ मत ल्याएका छन् ।

प्रकाशित मिति : १४ मंसिर २०७६ शनिबार ००:००  १० : ३७ बजे