६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

राष्ट्रियसभा समितिका सभापति निर्विरोध चयन

काठमाडौँ । राष्ट्रियसभा मातहतका चारमध्ये तीन विषयगत समितिका सभापतिको निर्विरोध चयन भएको छ । विषयगत समितिमा आज बसेको बैठकमा सभापतिहरुको निर्विरोध चयन भएको हो । सोअनुसार सभापतिमा राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी थापा, विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा सभापतिमा रामनारायण बिंडारी निर्विरोध निर्वा्चित हुनुभएको हो ।…