१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

सावधान । काठमाण्डाैमै शुरु हुन थाल्याे प्लाष्टिक चामल विक्रि, जुन चामल खाँदा ज्यानै जानसक्छ


२८ असार २०७४ बुधबार ००:००  

0
Shares

२८ असार काठमाडौं । राजधानीमै प्लास्टिकको चामल विक्री ! बेलाबेला इन्टरनेटमा चर्चा भएपनि काठमाडौंमै पहिलो पटक प्लास्टिकको चामल विक्री गरेको उजुरी परेपछि सरकारी अधिकारीहरु अनुसन्धानमा जुटेमा छन् ।

प्लास्टिकको चामल विक्री गरेको उजुरी परेपछि महानगरीय प्रहरी परिसर काठमाडौंलेले सानो भर्‍याङस्थित शेरचन ब्रदर्श प्रालीका सञ्चालक टंकप्रसाद शेरचनलाई पक्राउ गरेको छ । साथै उनको खाद्य स्टोरबाट बरामद भएको चामलको मनुना खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग पठाइएको छ ।

अब सरकारी ल्याबबाट नै त्यो चामल कुन र कस्तो गुणस्तरको हो भन्ने पत्ता लाग्नेछ ।

बरामद चालम त्यो साँच्चिकै प्लास्टिकको हो/होइन भन्ने पत्ता लगाइने विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले अनलाइनखबरलाई जानकारी दिए । उनकाअनुसार प्रहरीले नै चामल प्लास्टिकको भएको हुन सक्ने भन्दै परीक्षण गर्न ल्याएको हो ।

‘हामीले पनि बाहिर कृत्रिम चामल बन्छ भन्ने सुनेका हौं । प्रहरीको दाबीले हामीलाई पनि अच्चम्मित बनाएको छ’ वस्तीले भने, ‘नेपालमा त्यस्तो चामल बिक्री भएको पाइए चामलको गुणस्तरमा निगरानी बढाउनुपर्ने अवस्था आउँछ ।’

काठमाडौं प्रहरी प्रमुख एसएसपी छविलाल जोशीले पनि प्लास्टिकको चामल बेचेको उजुरी परेपछि शेरचनलाई नियन्त्रणमा लिएर चामलको नमुना पठाएको स्वीकार गरे ।

उनका अनुसार शेरचन प्रहरी हिरासतमै छन् । तर, शेरचनले प्लास्टिकको चामल विक्री नगरेको बयान दिएका छन् । चामल उसिनेर राखेकाले चाम्रो भएको उनको तर्क छ ।

स्राेत : अनलाईनखवर डटकम

प्रकाशित मिति : २८ असार २०७४ बुधबार ००:००  २ : ३२ बजे