१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

प्लाष्टिककाे चामलकाे परिक्षण हुदै, सम्भवत अाज रिपाेर्ट अाउने


३० असार २०७४ शुक्रबार ००:००  

0
Shares

काठमाडौं, असार ३०। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सक्कली चामलमा प्लास्टिकको चामल मिसाएर बिक्री गरेको भन्ने विषयमा अनुसन्धान थालेको छ ।

विभागले प्लास्टिक मिसिएको भनिएको चामलको ल्याब टेस्ट गरिरहेको छ । परीक्षणको रिपोर्ट शुक्रबार (अाज) दिउसाे सम्ममा आइसक्ने विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले बताए ।

महानिर्देशक कर्णले खुला सिमानका कारण भारतबाट मिसावटयुक्त चामल आउने सम्भावना भने उच्च रहेको बताए ।

चामलमा मिसावट गरी बिक्री गरेको आरोपमा प्रहरीले सीतापाइलस्थित शेरचन ब्रदर्श प्राइभेट लिमिटेडका सन्चालक टंकप्रसाद शेरचनलाई पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यलय नक्सालभित्र रहेको एक नम्बर प्रहरी गणमा पकाइएको चामलमा प्लास्टिक मिसिएको आशंका उत्पन्न भएपछि परीक्षण अघि बढाइएको हो ।

स्राेत : ईमेजखवर डटकम

प्रकाशित मिति : ३० असार २०७४ शुक्रबार ००:००  १ : १२ बजे