८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

बुटबलको पहिलो नगरसभा साउन ३२ बाट हुने



बुटवल, १९ साउन ।
बुटवल उपमहानगरपालीको पहिलो नगरसभा यहि साउन ३२ गतेदेखि सुरु हुने भएको छ । नगर प्रमुख शिवराज सुवेदीको अध्यक्षतामा बुधबार बसेको तेस्रो नगर कार्यपालिकाको बैठकले नगरसभाको मिति र नगरसभा संचालन कार्यबिधी समेत स्वीकृत गरेको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिनुभयो । नगरसभा पुर्णतया संसदिय ढांचामा संचालन गरिने कार्यबिधी तय गरिएको छ ।
नगर कार्यपालीकोको बैठकले उपप्रमुख गुमादेवी आचार्यको संयोजकत्वमा राजस्व परामर्स समिति गठन गरेको छ । यस्तै उपमहानगरपालीकाको कार्यसचालका लागि बिभिन्न बिषयगत समिति समेत गठन गरेको छ । बिषयगत समिति अन्तर्गत बुटवल वार्ड नं. १ का अध्यक्ष तथा कार्यपालीका सदस्य महेन्द्र लिंगलको संयोजकत्वमा सार्वजनिक सेवा तथा क्षमता बिकास समिति, वार्ड नं. ४ का अध्यक्ष तथा कार्यपालीका सदस्य टंक प्रसाद पराजुलीको संयोजकत्वमा आर्थिक बिकास समिति, कार्यपालीका सदस्य सिता आचार्यको संयोजकत्वमा सामाजिक बिकास समिति, वार्ड नं. १७ का अध्यक्ष तथा कार्यपालीका सदस्य रामप्रसाद रेग्मीको संयोजकत्वमा पुर्वाधार बिकास समिति, वार्ड नं. १३ का अध्यक्ष तथा कार्यपालीका सदस्य नारायण पुनको संयोजकत्वमा वातावरण तथा बिपद् ब्यवस्थापन समिति गठन गरिएको प्रवक्ता रेग्मीले जानकारी दिनुभयो ।
यस्तै बैठकले बुटवल अटो भिलेज पुर्वाधार बिकास आयोजनाको ठेक्का स्वीकृत गर्नुका साथै अटो भिलेज कम्पनी लि. को संचालक समितिमा वार्ड नं. २ का अध्यक्ष रमेश नेपाल र वार्ड नं. ११ का अध्यक्ष रामचन्द्र खनाललाई पठाउने निर्णय गरेको प्रवक्ता रेग्मीले जानकारी दिनुभयो । बुटवलमा सार्वजनिक सवारीको रुपमा सेवा संचालन गरिरहेमा अटो रिक्साको ब्यवस्थापनका लागि वार्ड नं. ९ का अध्यक्ष बिष्णु बहादुर थापाको संयोजकत्वमा समिति गठन गरिएको छ ।
यस्तै उपमहानगरपालीकाको कार्यपालिकाको प्रमुख कानुनी सल्लाहकारमा पुर्व न्यायाधिस टिकाबहादुर हमाललाई नियुक्ती गर्ने, नगर भित्रको बिकास निर्माण गुणस्तर परिक्षणका लागि प्रयोगशाला स्थापना गर्ने र नगरका सम्पुर्ण वार्डहरुमा बैंङ्क खाता संचालन अनुमति दिने निर्णय गरेको प्रवक्ता रेग्मीले बताउनुभयो ।

प्रकाशित मिति : १९ श्रावण २०७४ बिहिबार ००:००  २ : ४६ बजे