१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

एक घर एक विरुवा-मेयर पाण्डे



शरद रेग्मी, तुलसीपुर १९ असार ।
तुलसीपुरलाई सफा र हरितगरका रुपमा विकास गर्ने लक्ष्यका साथमा सञ्चालनमा आएको ग्रीन तुलसीपुर, क्लिन तुलसीपुरले शुरु गरेको साता व्यापी कार्यक्रम अन्तरगत गुरुजजुर माविमा वृक्षा रोपन गरेको छ । विहान आयोजित कार्यक्रममा स्कुल प्रागनमा वृक्षारोपण गर्नुका साथै सरसफाई गरिएको छ । सो अवसरमा तुलसीपुर उपमहानगरपालीका मेयर घनश्याम पाण्डेले वृक्षा रोपण गरेर कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । उहांले अव एक घर एक विरुवा लाई उपमहानगरपालीका भित्र अभियानकै रुपमा अघि सारिने समेत वनाउनु भएको छ ।
साथै उहांले एक हप्ता सम्म संचालन हुने हरेक सरसफाई सम्वन्धी गतिविधिहरुमा नगरवासीको सहभागिता र सहयोग अनिवार्य रुपमा हुनुपर्ने धारण राख्नु भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रणव खड्काको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर माया आचार्य, सरसफाई अभियानका संयोजक विमल रिजाल, विभिन्न राजनितिक दलहरुका प्रमुख तथा प्रतिनिधि, शुरक्षा निकाय, विभिन्न संघसंस्था लगायतको उल्लेखनिय सहभागिता रहेको थियो ।
५० औ हप्ताको उत्साहपुर्ण सफलतासँगै संघले सरसफाइ सम्वन्धि विभिन्न कार्यक्रम गर्न शुरु गरेको हो । जस अन्तरगत विहिवार देखि जनप्रतिनिधि एवं सरोकारवाला संग अन्र्तक्रिया, वहस, चित्रकला, वक्तृत्वकला लगायतका कार्यक्रमहरु गर्ने तयारी भैरहेको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विर वहादुर रावतले जानकारी दिनु भयो । कार्यक्रमको संचालन महासचिव रुप वहादुर खत्रीले गर्नु भएको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०७४ बिहिबार ००:००  २ : ५१ बजे