११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

यशोधराको उपहार, निशुल्क नागरिकता सिफारिस



मणि प्रसाद गैह्रे, कपिलवस्तु २० साउन ।
कपिलवस्तुको यशोधरा गांउपालिकाले अव नागरिकताको प्रमाणपत्र सिफारिस गर्दा जनतावाट केही पनि शुल्क नलिने निर्णय गरेको छ । यशोधरा गाउंपालिका कार्यपालिकाको प्रथम बैठकवाट यस्तो निर्णय गरिएको हो । सवै वडा वाट निशुल्क रुपमा नागरिकताको प्रमाणपत्र सिफारिसमा पैसा नलिने निर्णय गरेको गाउँपालिका प्रमुख गिरिजेश कुमार पाण्डेले बताउनुभयो । आम नागरिकको नागरिता लिने अधिकार भएकोले त्यसमा अव गाउँपालिकाले शुल्क नलिने र कुनै पनि झन्झट नदिइ जनतालाई सिफारिस दिने पाण्डेयले बताउनुभयो ।
त्यस्तै गाउँपालिकालाई खुल्ला दिसा मुक्तः क्षेत्र वनाउनको यसै आर्थिक वर्ष वाट सवै वडाहरुमा चर्पीको अनुगमन गरी वाकीं रहेका दुई वडाको कामलाई तिव्रता दिई सन् २०१७ सम्ममा राष्ट्रिय लक्ष्य अनुरुप काम गर्ने समेत पाण्डेयले बताउनुभयो । स्थानीय शासन सम्वन्धी कामहरु सूचारु गर्ने निर्णय समेत वैठकले गरेको छ । त्यस्तै शत प्रतिशत विद्यार्थी भर्ना गराई पुर्ण भर्ना युक्त नगर वनाउनको लागी समेत पहल गर्ने र कार्यान्वयन गर्ने जस्ता कामहरु गाउँपालिकाले गर्ने जनाइएको छ । साथै राजश्व समायोजन, तालतलौयाको ठेक्का व्यवस्थापन, हाटवजार ठेक्का व्यवस्थापन, जस्ता काम तत्काल गर्ने निर्णय समेत गरिएको छ । साथै गाउँपालिकामा आउने कर्मचारीहरुलाई काम गर्ने वातावरणको व्यवस्था गर्ने समेत निर्णय गरेको उपाध्यक्ष कन्यावती उपाध्यायले बताउनुभयो ।
कपिलवस्तु जिल्लाको दक्षिणी क्षेत्रका ८ गाविस मिलेर वनेको यो गाउँपालिका विकासमा पछाडी परेकोले विकासका काम दुत्र गतीमा लगीने समेत गाउँपालिका प्रमुख गिरिजेश कुमार पाण्डेयले बताउनुभयो । विकासका लागी सवै सरकारी तथा गैर सरकारी निकाय र जनता संग हातेमालो गरी अगाडी जाने समेत उहाले बताउनुभयो ।

 

प्रकाशित मिति : २० श्रावण २०७४ शुक्रबार ००:००  ३ : ३८ बजे