१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

शितगंगा नगरपालिका सचिव विहिन



अर्घाखाँची, २० साउन ।
अर्घाखाँचीको शितगंगा नगरपालिकामा वडा सचिव तथा वडा कार्यालय नहुँदा सेवाग्राही मारमा परेका छन् । नगरपालिकामा वडा सचिव र कार्यलयकै टुङगो नभएपनि निर्वा्चित प्रतिनिधि र सेवाग्राही दुवै समस्यामा परेका हुन् । नगरपालिकाको वडा नं. ४, ६, ८, ९, १०, ११, १२ र १६ मा वडा सचिव तथा कार्यालय विहिन छन् ।
सामान्य सिफारिस लिन वडाले सिफारिस गर्नुपर्ने प्रावधान भएपनि सचिव नै नभएपछि सर्वसाधारणहरु कामका लागि कहाँ जाने भन्नेमा अन्योल छन् । उता, वडा नं. ३ का अध्यक्ष दामोदर अधिकारी, ४ का हेमनाथ भूसाल र १२ का बाबुराम गैरले पुरानो ठाडा गाविसको कार्यालयमा छुट्टाछुट्टै टेबुल राखेर सिफारिस दिने गरेका छन् भने अन्य वडाका अध्यक्षहरुसँग झोलामै कार्यालय राखिएको छ ।
स्थानीय तहको निर्वाचन सम्पन्न भएको महिना दिन बितिसक्दा समेत सरकारले शितगंगा नगरपालिकामा कुनै पनि सेवा सुविधा नदिएको मेयर सूर्यप्रसाद अधिकारीले बताउनुभयो । अधिकारीले निर्वाचन सम्पन्न भएका अन्य जिल्लाका सबै गाउँपालिका, नगरपालिकामा सेवा सुविधा दिएपनि सितगंगामा वडा सचिवको समेत टुंगो नलाग्दा सेवाग्राहीले दुःख पाएको बताउनुभयो ।

प्रकाशित मिति : २० श्रावण २०७४ शुक्रबार ००:००  ११ : १३ बजे