८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

जिसस कपिलवस्तुको निर्वाचन भदौ २ मा



किरणमान बज्राचार्य कपिलवस्तु २१ साउन  । 
कपिलवस्तुमा जिल्ला समन्वय समितिको निर्वाचनको प्रकृया सुरु भएको छ । शुक्रवार प्रमुख जिल्ला निर्वाचन अधिकृतको कार्यालयले समितिको निर्वाचन कार्यक्रम प्रकाशित गर्दै भदौ २ का लागि निर्वाचनको मिति तय गरेको हो ।
प्रमुख निर्वाचन अधिकृत बिश्व मंगल आत्रेयले दल, निर्वाचन कार्यालयसंग सरसल्लाह गरी समितिको निर्वाचनको मिति तोकिएको बताताउनु भयो । उहाले समितिको निर्वाचनको प्रकृया अघि बढेको बताताउनु भयो ।
प्रकाशित कार्यक्रम अनुसार साउन २२ गते मतदाता नामावली प्रकाशन, साउन २९ गते मनोनय पत्र दर्ता र भदौ २ गते निर्वाचनको मिति तोकिएको छ ।
‘ हामीले निर्वाचनको प्रकृया अघि बढाएका छौ, त्यसै अनुसार अघि बढछौ ’ । यस अघि एका साता अघि नै समन्वय समितिको प्रथम जिल्ला सभाले समितिको संख्या नौ सदस्य रहने गरी निणर््ाय गरेको थियो ।
जिल्ला सभामा स्थानीय तहका प्रमुख र उप प्रमुख मात्र सदस्य रहने प्रावधान छ । जस अनुसार जिल्लाका १० तहमा गरी कुल २० जना मतदाता छन । २० मत मध्ये कांग्रेसको १० मत रहेकोले समितिमा कांग्रेस कै पकड हुने देखिएको छ ।
एमालेको ५, संघीय फोरमको २, माओबादी केन्द्रको एक तथा स्वतन्त्र एक र स्वतन्त्र राजपाको एक मत छ ।
समन्वय समितिको बहुमतकालागि कांग्रेसको एक सीट कम छ । समन्वय समितिमा कांग्रेस कै बहुमत आउने निश्चित प्राय रहेको कांग्रेसी नेताहरु बताउछन ।
कांग्रेस जिल्ला सभापति सुरेन्द्रराज आचार्यले समन्वय समितिमा समेत कांग्रेस कै पकड रहने दाबी गर्नु भयो । एमाले कांग्रेस बाहेकका सबैलाई आफुतिर मिलाउदा पनि १० मत मात्र हुने देखिन्छ ।
कांग्रेस सभापति आचार्यले समिति कांग्रेस कै बन्ने निश्चित रहेको बताउनु भयो । स्वतन्त्ररुपमा बिजयी भएकका कृष्णनगरका मेयर रजतप्रताप शाह, उप मेयर माआबादी केन्द्रकी सवनम खातुन र स्वतन्त्र तथा राजपा नेता सुद्धोदन गाउ पालिकाका प्रमुख निसार अहमद खाले समेत कांग्रेसलाई समर्थन गर्ने प्रतिबद्धता जनाएको आचार्यले दाबी गर्नु भयो ।
तर मेयर रजत प्रताप शाहले आफुसंग कांग्रेस र एमाले नेताहरुले सहयोगकालागि आग्रह गरे पनि अझै कुनै निर्णय भने नलिएको बताउनु भयो । समितिको निर्वाचनकालागि काठमाण्डौबाट शुक्रवार मात्र गृह जिल्ला पुगको सभापति आचार्यले पार्टीको तर्फबाट समितिको उम्मेदवारहरुको केही दिन मै टुंगा लगाउने जनाउनु भयो ।
समितिमा कांग्रेसको तर्फबाट सभापतिमा तेज बहादुर रायमाझी, अनुप पाण्डेय र नारायण खनालको नाम चर्चा छ ।
ती ३ मध्ये नै सभापतिमा नाम छनौट हुने देखिएको कांग्रेस नेताहरु बताउछन । उता एमालेले पनि समन्वय समितिमा आफनो साख जोगाउन भित्रिरुपमा लागेको छ । एमालेका जिल्ला उपाध्यक्ष बावुराम खनालले आफुहरुले कांग्रेस, संघीय समाजबादी फोरम, माओबादी र स्वतन्त्ररुपमा बिजयी भएकाहरुसंग छलफल अघि बढाएको बताउनु भयो ।

प्रकाशित मिति : २१ श्रावण २०७४ शनिबार ००:००  १ : ३५ बजे