१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

राष्ट्रिय कलाकारसँगै रमाइलो हुदै कपिलवस्तु रम्दै



थानेश्वर अधिकारी, २१ साउन ।
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल जिल्ला शाखा कपिलवस्तुको सातौं साधारण सभामा राष्ट्रिय कलाकारहरु कपिलवस्तु आउने भएका छन् ।
यही साउन २७ गते शुक्रबार चन्द्रौटामा हुन लागेको सो कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका केन्द्रिय बरिष्ठ उपाध्यक्ष तथा लोक गायक रमेश बि.जी., राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका प्रदेश संयोजक तथा लोक दोहोरी गायक लक्ष्मण खड्का, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय सदस्य तथा लोक दोहोरी गायक बैकुण्ठ महत, प्रचण्ड जि.सी., राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान लुम्बिनी अञ्चल अध्यक्ष डिल्लीनारायण पाण्डेय, महासचिव नारायण बि.पी. परियार, रिता राना, सपना गाहा, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान रुपन्देहीका अध्यक्ष तथा लोक दोहोरी गायक दिपक गरौजा, आउनु हुने भएको छ ।
यस्तै राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नवलपरासीका अध्यक्ष भरत क्षेत्री, लगायत राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कपिलवस्तुका कलाकार दिपक भण्डारी, शिव खनाल, रबिन परियार शादा खनाल, कबिता खनाल, लक्ष्मी रेग्मी, शुसिला बिश्वकर्मा, बिमल गैरे चर्चित मोडल सुमन पौडेल लगायका कलाकारहरुले आफ्नो गित तथा नृत्य प्रस्तुत गर्ने कार्यक्रम रहेको राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष थानेश्वर अधिकारीले जानकारी दिनुभयो ।
शनिबार सिद्धार्थ सामाजिक बिकास केन्द्र, ४ नं मा बसेको बैठककले सो निर्णय गरेको हो बैठककले बिगतको समिक्षा गर्दे आसन्न ७ औ जिल्ला सम्मेलनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न प्रतिष्ठानका जिल्ला अध्यक्ष थानेश्वर अधिकारीको संयोजकत्वमा २४ सदस्यि साधारण सभा मुल आयोजक समिति गठन गरेको छ ।
प्रतिष्ठानका द्धितिय उपाध्यक्ष महेश घिमिरेको संयोजकत्वमा अतिथि उप सत्कार समिति र कोषाध्यक्ष शुसिल क्षेत्रीको संयोजकत्वमा आर्थिक उप समिति, सचिव सन्तोष बि.क.को संयोजकत्वमा प्रतिवेदन लेखन उपसमिति , प्रथम उपाध्यक्ष सुर्य चुँदालीको संयोजकत्वमा खाद्य व्यवस्थापन उप समिति, प्रतिष्ठानका सदस्य संयोजकत्वमा मञ्च तथा साउण्ड व्यवस्थापन उप समिति र सह सचिव भक्ति पौडेलको संयोजकत्वमा अथिति सत्कार उप समिति, प्रतिष्ठान सदस्य दिपक अनुरागीको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गरिएको छ ।
सो बैठकले प्रतिष्ठानका कोषाध्यक्ष शुसिल खत्री सिद्धार्थ क्याम्पस स्ववियू सभापतिमा निर्बाचित हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
साथै राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कपिलवस्तुमा आबद्ध सदस्यहरु शिव खनाल, शारदा खनाल, दिपक भण्डारी, कविता खनाल, शुसिला बिश्वकर्मा लगायतका कलाकारले २०७४ सालको तिजलाई लक्षित गरि तीज गित बजारमा ल्याउनु भएकोमा हार्दिक बधाई ज्ञापन गरिएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७४ शनिबार ००:००  २ : ४३ बजे