८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

खाजा खर्च कटाएर वृद्धलाई सहयोग



तुलसीपुर, २१ साउन ।
तुलसीपुरमा रहेको ज्ञानज्योति माविका विद्यार्थीहरुले खाजा खर्च कटाएर जोगाएको पैसाले वृद्धहरुलाई सहयोग गरेका हुन् । सामाजिक सहयोग प्रोजेक्ट कार्य अन्तर्गत उनीहरुले तेरौटेमा रहेका वृद्धहरुलाई सहयोग गरेका हुन् ।
विद्यार्थीहरुले करिव २० हजार वरावरको पौष्टिक आहारयुक्त खानेकुरा सहयोग गरेका हुन्. । उनीहरुले घरवाटै तयार पारेर लगेका विभिन्न खानेकुरा समेत वृद्धहरुलाई खुवाएर खुसी पारेका थिए ।
विद्यार्थी गीता वुढाथोकीको संयोजकत्वमा भएको कार्यक्रममा विद्यालयका प्रिन्सीपल लोकेन्द्र वहादुर खड्काले विद्यार्थीहरुको सामाजिक कार्यको प्रसंशा गर्नुभएको थियो । कक्षा १० की विद्यार्थी समिक्षा एमसीले सहजिकरण गरेको कार्यक्रममा शिक्षक राकेश डिसी लगायतले मन्तव्य राख्नुभएको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०७४ शनिबार ००:००  २ : ४५ बजे