१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कोरियामा रहेका नेपाली गर्मी विदा समुन्द्रमा रमाउँदै



शिब भुसाल, दक्षिण कोरीया ।
कोरीयाको महत्वपुर्ण क्षेत्र मानिने सामुद्रीक तट ह्युन्देमा पछिल्लो १ महिना देखि नेपालीहरुको पनि दैनिक घुँईचो लाग्ने गरेको छ । कोरीयाको राजधानी पछिको दोस्रो सहरको रुपमा चिनिने बुसान क्षेत्रमा पर्ने उक्त तटमा नेपालीहरु पनि दैनिक रुपमा आउने गरेका छन् । विषेश गरेर गर्मि महिनाहरुमा उक्त सामुद्रीक किनारमा स्विमिंग गर्नेहरुको घुँईचो नै लाग्ने गर्दछ ।

रोजगारीको शिलशिलामा कोरीयामा बस्दै आएका नेपालीहरुको हरेक वर्ष जस्तै यसपाली पनि गर्मी विदा परेकाले विभिन्न क्षेत्रबाट दैनिक जसो नेपालीहरु यहाँ आउने गरेका छन् । यो क्षेत्र नेपालीहरु जमघट हुने र टाढा टाढा रहेर काम गर्ने साथीहरुसँग भेटघाट हुने महत्वपुर्ण स्थानका रुपमा परिचित छ । नेपालमा समुन्द्र नभएकाले पनि समुन्द्रमा पौडि खेल्दै आनन्द लिदैँ गरेका नेपालीहरु यहाँ प्रसस्तै देख्न सकिन्छ । यस क्षेत्रमा फरक फरक क्षेत्रको आनन्द लिन नेपालीहरु आउने गरेका छन् । पहाडको आनन्द लिनेहरुका लागी यहाँ रहेका टापुहरुमा सजिलै घुम्न सकिने गरी काठको ट्रेकिंग लेन सरकारले निर्माण गरिदिएको छ ।

हरेक दिन कामको मात्र चिन्ता लिईरहनुपर्ने र निकै नै कडा रुपमा काम गर्नु पर्ने दिनहरु विर्सेर कम्तिमा एक दुई दिन खुला ह्ृदयले घुम्न पाएर होला नेपालीहरु निकै खुसी देखिन्छन । टाढा टाढा बाट आउने नेपालीहरु कोरीयन तथा अन्य पर्यटक जस्तै मदिरा सेवन गर्दै, त्यहाँ देखिने विभिन्न दृष्यहरुको आनन्द लिँदै समुन्द्रको छालको आनन्द लिँदै सामुद्रीक किनार मै रात विताउने गर्दछन् ।
कोरीया घुम्न आउने नेपालीहरुका लागि पनि बुसान क्षेत्रमा पर्ने ह्युन्दे एकपटक आउनै पर्ने क्षेत्र हो । कोरीयाका अधिकांश क्षेत्रमा सामुद्रीक तट भएपनि सुरक्षित रुपमा पौडि खेल्न सकिने र कोरीयाकै सबैभन्दा प्रख्यात क्षेत्र ह्युन्दे हो । उक्त क्षेत्रमा नेपालीहरुले पनि नेपाली रेष्टुरेण्टहरु सञ्चालन गरेका छन् । जहाँ नेपाली खानाहरुको पनि स्वाद लिन सकिन्छ ।

 

प्रकाशित मिति : २१ श्रावण २०७४ शनिबार ००:००  ३ : ०० बजे