१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

ठाडामा नागरिकता बनाउन घुम्ति शिविर



बिष्णु कुमार आले, अर्घाखाँची, २३ साउन ।
अर्घाखाँचीको सितगंगा नगरपालीकाको ठाडामा नागरिकता बनाउने घुम्ती टोली आएपछी दुर्गमभेगका नागरिकलाई सजिलो भएको छ । आइतबारबाट संचालन भएको घुम्ती शिबिर बाट २ सय १२ जनाले नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन् ।
यस्तै ३६ जनाले जेष्ठ नागरिक परिचयपत्र र २१ जनाले अपाङ्ग परिचयपत्र पाएका छन् । नगरपालीकाको निकै दुर्गम क्षेत्र सिद्घाराको दोबाटा बाट करिव १५ घण्टा पैतल हिडेर नागरिक सेवा लिन आएका थिए । सिमलपानी, जलुके, जुकेना, सुर्वणखाल, सितापुर, ठाडाका कुना कुना बाट सर्वसाधारण आएका थिए ।
सेवाग्राहीलाई सहजहोस भन्ने उद्देश्यले दुर्गमका वडा अध्यक्षहरु नगरपालीकाको कार्यालयमा बसेर नागरिकलाई सेवा प्रदान गरेका थिए । शिबिरको दुई दिने छोटो समयले सेवाग्राहीलाई प्रयाप्त सेवा दिन नसकिने भन्दै कम्तीमा अझै ३ दिन समय बढाउन वडा अध्यक्षहरु नागरिहरुले सम्बन्धित निकायलाई आग्रह समेत गरेका छन् ।
शिबिरको पहिलो दिन निकै बढेको थियो शिविर सोमबार २३ गते सम्म संचालन हुने छ । शिबिर आए सगै मतदाता नामावलीमा नाम दर्ता गर्नेहरुको पनि बाक्लो भिड बढेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७४ सोमबार ००:००  १ : ४३ बजे