७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

शिवराज नगरपालिकाले यस कारण तीव्र विकास गर्नुपर्ने !



माधव बेल्वासे, कपिलवस्तु २४ साउन ।
कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकामा पर्ने मुख्य व्यापारी नगरी चन्द्रौटा पुर्व पश्चिम महेन्द्र राजमार्गमा पर्ने हँुदा र यो क्षेत्रमा अत्याधिक जनसङख्या रहेको छ । व्यापारीक दृष्टिले चन्द्रौटा धेरै अगाडि रहेको पाईन्छ । छिमेकि जिल्ला अर्घाखाँची, प्यूठान, दाङ, रोल्पा लागायतका जिल्लाबाट यहाँ बजार गर्न आउने गर्दछन । तर यस नगरपालिका भने विकासको गतिमा कछुवाको तालमा हिडेको छ । स्थानिय निकायले जनप्रतिनिधि पाएको बेला विकासको गति तिव्र हुन्छकि भन्ने स्थानियलाई चासोको विषय पनि बनेको छ । चुनावी घोषणपत्रमा उल्लेख गरेका सवै कामहरु पुरा भए अवश्य विकासले तिव्रता लिने विश्वास रहेको छ । नगरपालिकामा नेत्रराज अधिकारी मेयर र शिवकुमारी थारुले उपमेयरमा पदभार सम्हाल्नुभएको छ । नगरपालिकाका ११ वटा वडाहरु रहेका छन् । नगरपालिकाको यसपटकको वजेट अवश्य विकासको काममा जाने स्थानीयको सोचाई रहेको छ ।
कपिलवस्तु जिल्लाका अन्य सबै गाविसहरु खुल्ला दिसा मुक्त क्षेत्र घोषणा भईसक्दा सम्म शिवराज नगरपालिका अहिले सम्म खुल्ला दिसा मुक्त क्षेत्र हुन सकेको छैन । चन्द्रौटा वजारमा नगरपालिकाले पहिलो काम सार्वजनिक शौचालय वनाउने र प्रयोगमा ल्याउनुपर्ने स्थानिय व्यापारी शिशिर पोख्रेलले वताउनुभयो । नगरपालिकाको भितरीया, मजिगवा लगायतका दर्जनौ गाउँहरुका मानिस शौचालय गर्न खुल्ला ठाउँमै जाने गरेको पाईन्छ । नगरपालिकाले दिने सेवा सुविधामा रोक्का लगाउने सुचना शिवराज नगरपालिकाले दिए पछि अहिले केहि घरले शौचालय बनाउन थालेको मजिगवा गाउँका राम खेलावन यादवले बताउनुभयो ।
शिवराज नगरपालिकामा अर्का ठुलो समस्याको रुपमा बस पार्क रहेको छ । सवारीहरु यत्रतत्र राखिदिदा वजार समेत अस्तव्यस्त देखिएको छ । व्यवस्थित वसपार्कको अभावले व्यापारी एवं पसलेहरुलाई समेत समस्या हुने गरेको व्यापारी गणेश रावतले जानकारी दिनुभयो । रावत भन्छन अव त जनप्रतिनिधि आए अवश्य अव्यावस्थित पार्किङको समस्या हट्छ । शिवराज नगरपालिकामा दमकल नहुँदा आगलागिका घटनाले धेरै क्षति पु¥याएको छ । दमकलले निभाउन सम्भव आगो लाग्दा पनि दमकल नहुँदा सर्वसाधारणले क्षति खेप्नु परेको हो । गर्मी समयमा सो क्षेत्रका गाउँबस्ती नैै खरानि बन्ने गरेको छ । दमकल आवश्यक रहेको र यसको लागि आफुले पहल गरिरहेको नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले वताउनुभयो । शिवराज नगरपालिकामा पर्यटकिय स्थलहरु व्यवस्थित र प्रचार प्रचार गर्न नसक्दा ओझेलमा पर्दै आएका छन् । सोनवागढ, शिवराज नगरपालिका ६ चन्द्रौटामा रहेको मर्णेश्वरी मन्दिर, चन्द्रौटा दुर्गा मन्दिर, उमरि गुफा, खरेन्द्रपुर स्वर्गद्धारी आश्रम लगाएतका धार्मिक स्थल सांस्कृतिक तथा ऐतिहासिक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिन्छ ।
स्थलहरुको महत्व बढ्दै गएपनि संरक्षण नहँुदा मन्दिरको अस्तित्व समेत संकटमा पर्दै गएको स्थानिय केश भरले बताउनुभयो । विभिन्न समुदाय ,जात जाति, भाष धर्मका मानिस मिलेर बगैचा जस्तो भएर बसेको यस शिवराज नगरपालिकामा अस्त व्यस्त राजनितिले पनि यहाँको विकास अगाडि बढ्न सकेको छैन । स्थानिय सरकारमा भोट हालि जिताएपछि केहि गर्छनकि भन्ने आशा समेत पालाएको छ । अवको नगर परिषदमा यि क्षेत्रलाई प्राथकिता दिन आवश्यक रहेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७४ मंगलबार ००:००  १ : ३९ बजे