१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

रुपन्देहीमा उम्मेदवारहरुले खर्च विवरण बुझाएनन



सलमान खान, भैरहवा, २५ साउन ।
स्थानीय निकायको निर्वाचनमा रुपन्देही जिल्लामा उम्मेदवारी दिएका मध्ये अधिकांश उम्मेदवारहरुले खर्च विवरण बुझाएका छैनन् ।
जिल्लामा ८४५ पदका लागि ४ हजार ४४३ जनाले उम्मेदवारी दिएका थिए । जसमध्ये करिव ७०० जना उम्मेदवाहरुले मात्र खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख हुमनाथ गौतमले जानकारी दिनुभयो ।
अधिकांश विजयी भएका उम्मेदवारहरुले खर्च विवरण बुझाएपनि पराजित भएका अधिकांश उम्मेदवारहरुले खर्च विवरण नबुझाएको उहाले बताउनुभयो ।
खर्च विवरण बुझाएको उम्मेदवारहरुले निर्वाचन आयोगले तोकेको खर्च विवरण अनुसारनै खर्च गरेको विवरण बुझाएका छन् ।
उम्मेदवार विजयी घोषणा भएको मितिदेखि ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने भएपनि हालसम्म करिब ३ हजार ७ सय जना उम्मेदवारहरुले खर्च विवरण नबुझाएको गौतमले बताउनुभयो ।
उम्मेदवारहरुले खर्च विवरण बुझाउने म्याद समाप्त भएपनि साउन महिनासम्म खर्च विवरण बुझ्ने प्रमुख गौतमले बताउनुभयो । खर्च विवरण नबुझाउने उम्मेदवारहरु कुनै पनि किसिमको निर्वाचनमा उम्मेदवार हुन पाउने छैनन् ।

प्रकाशित मिति : २५ श्रावण २०७४ बुधबार ००:००  ८ : ३७ बजे