१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

एमाले गुल्मीद्धारा जिससको प्रमुख र उपप्रमुखको उम्मदेवार छनोट



अनिल खत्री, गुल्मी, २५ साउन ।
जिल्ला समन्वय समिति गुल्मीको लागी नेकपा एमाले गुल्मीले प्रमुख र उपप्रमुखको उम्मेदवार छनोट गरेको छ ।
समन्वय समितिको प्रमुखको लागी इस्मा गाउँपालिका वडा नम्बर ६ निवासी लक्ष्मण पराजुली र उपप्रमुखमा रुरु गाउँपालिका वडा नम्बर १ निवासी तुल्सीकुमारी श्रेष्ठलाई उम्मेदवार बनाएको नेकपा एमाले गुल्मीले जनाएको छ । जिल्ला तहमा उम्मेदवारका आकांक्षी धेरै भएपछी उम्मेदवार छान्न एमाले गुल्मीले केन्द्रलाई जिम्मा लगाएको थियो ।
जिल्लाका १२ स्थानीय तह मध्ये एमालेले २ नगरपालिका सहित ७ स्थानीय तह जितेर आफ्नो बर्चश्व स्थापित गरेको छ । एमालेले थप ३ स्थानीय तहमा उपाध्यक्ष जितेको छ । जिल्ला समन्वय समितिको कुल २४ मतमध्ये एमाले एक्लैको १७ मत रहेको छ ।
कांग्रेसले ३ गाउँपालिकाको अध्यक्ष र थप एक तहमा उपाध्यक्ष जितेको थियो । माओवादी केन्द्रले एउटा गाउँपालिकाको अध्यक्ष मात्र जितेको छ । समन्वय समितिमा जिल्लामा अन्य दुइ पार्टी मिल्दा समेत एमालेलाई जित्न सक्दैन् । त्यसैले पनि एमालेको पक्षमा बहुमत रहेकाले समन्वय समितिको सबै पदमा एमालेको जित्ने सुनिश्चित देखिएको छ । एमाले गुल्मीले अन्य सदस्यका उम्मेदवारहरु छनोट गर्दैछन् ।
समन्वय समितिमा अन्य दलमा उम्मेदवार बनाउने बारे छलफल नै चलाएका छैनन् । समन्वय समितिको निर्वाचनको लागी यहि साउन २७ गते मनोनय दर्ता, २९ गते दाबी बिरोध र ३० गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । समितिका साउन ३१ गते १० बजे मतदानको कार्यक्रम राखिएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७४ बुधबार ००:००  ९ : २५ बजे