१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

बुद्धभुमिको विकासमा सबैको साथ आवश्यक मेयर ः श्रेष्ठ



दिपा महत, कपिलवस्तु, २७ साउन ।
बुद्धभूमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले नगरका विभिन्न क्षेत्रमा कृषि सिंचाईको लागि विशेष पहल गर्ने बताउनु भएको छ । साथै उहाँले ग्रामिण भेगमा बाटो निर्माणका लागि आफु लागी सदैव अघि सर्ने जनाउनुभयो ।

राजपुर सामुदायिक केन्द्र (सिएलसि) ले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधीलाई सम्मान तथा बधाई कार्यक्रमा बोल्दै मेयर श्रेष्ठले यस्तो बताउनु भएको हो ।

विकासका लागि सबैको साथ र सहयोग रहेमा नगरको मुहार छिटै नै फेरिने भन्दै बुद्धभूमी नगरलाई पर्यटकिय नगरको रुपमा विकास गरिने उहाँले बताउनु भएको छ । राजपुर सामुदायिक विकास केन्द्र लाई सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

यसैगरि कार्यक्रममा उपमेयर मिरा थारुले जिल्लामा रहेको स्वास्थ्य शिक्षा लगाएतका समस्यालाई समाधान गर्ने जनाउनु भएको थियो । कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष भेषराज खनाल, वडा नम्बर ६ का वडा अध्यक्ष नन्दलाल यादव, वडा नम्बर १ का तेज बहादुर बस्नेत, ५ का वडा अध्यक्ष बेचन यादव लगायतले मन्तब्य राख्नु भएको थियो ।

सिएलसिका अध्यक्ष सालिकराम सुवेदीको अध्यक्षता, रेशमराज गिरिको सञ्चालन र शान्ती शाहीको प्रतिवेदन प्रस्तुतीमा कार्यक्रम भएको हो । कार्यक्रममा सम्पूर्ण वडाका वडा अध्यक्ष, नगरवोर्ड सदस्यहरु, वडा नम्बर ५ का वडा सचिव निरज थापा, श्रोत केन्द्र प्रमुख खेमराज पौडेल, सुन्दरविक्रम सेन, एसएसडिओका पिसी शिवलाल यादव लगाएतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०७४ शुक्रबार ००:००  १० : ०४ बजे