१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

तुलसीपुर उद्योग वाणिज्य संघ लाईले पुर्णता पायो



शरद रेग्मी, तुल्सीपुर, २७ साउन ।
तुल्सीपुर उद्योग बाणीज्य संघको नयाँ कार्य समीतीले पूर्णता पाएको छ । समीतीको पहिलो बैठकबाट मनोनीत पदाधिकारी एबं सदस्य तथा सल्लाहकारहरुलाई शुक्रवार एक कार्यक्रमका बिच प्रमाणपत्र बितरण तथा सपथ ग्रहण गराए पछि संघले पुर्णता पाएको हो ।
बाणीज्य संघका अध्यक्ष बिरबहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बत्ताहरुले जनप्रतीनीधी निर्वाचीत भैसकेको अबस्थामा आफुहरु सहयोगीको भुमीका रहने भन्दै ब्यबसायीक हक हित र संघले थालेका कामहरुलाइ पूर्णता दिन लागीपर्ने बताएका छन ।
कार्यक्रममा मनोनीत हुनुभएका संघका उद्योग उपाध्यक्ष ललीतजंग शाह, सदस्यहरु भुपाल रावत, यमकुमारी घीमीरे र दुर्गा प्रसाद भण्डारीलाई सपथग्रहण गराईएको थियो । सो अबसरमा सबैलाइ मिलाएर संघमा सर्बसम्मत नयाँ नेतृत्व चयन गर्न सफल भएको भन्दै संस्थापक अध्यक्ष डिल्ली बहादुर बस्नेतले संघका नीर्वतमान अध्यक्ष बिमल रिजाललाई सम्मान गरिएको थियो ।
साथै उहांको कार्यकालमा उद्योग वाणिज्य संघले व्यवसायीक हकहित संगै जनप्रतिनिधिको भुमिकामा समेत काम गर्न सफल भएको भन्दै कार्यकालको उच्च सम्मान गरिएको थियो ।
त्यसैगरी संघका सल्लाहकारहरु सुरेश हमाल, नारायण खनाल, कानुनी सल्लाहकार प्रबिण लम्साल, पे्रश सल्लाहकार शरद रेग्मीलाई प्रमाणपत्र प्रदान गरीएको थियो । कार्यक्रममा संघका संथापक अध्यक्ष डील्ली बहादुर बस्नेत, पूर्व अध्यक्षहरु गणेश प्रेम श्रेष्ठ, हेमन्त रिजाल, नीर्वतमान अध्यक्ष बिमल रिजाल, उद्योग उपाध्यक्ष ललीत जंग शाह, संघका सल्लाहकारहरु सुरेश हमाल, नारायण खनाल, कानुनी सल्लाहकार प्रबिण लम्साल, पे्रस सल्लाहकार शरद रेग्मी लगाएतले बोल्नुभएको थियो । संघका बरीष्ठ उपाध्यक्ष राम प्रशाद चालीसेको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको संचालन महासचीव रुप बहादुर खत्रीले गर्नुभएको थीयो ।

 

प्रकाशित मिति : २७ श्रावण २०७४ शुक्रबार ००:००  १० : ३४ बजे