१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

जिसस अर्घाखाँचीमा एमाले व्याक, कांग्रेसका भुसाल आउने पक्का



अर्घाखाँची, २७ साउन ।
जिल्ला समन्वय समिति अर्घाखाँचीको सभापतिमा कांग्रेसका पिताम्बर शर्मा भुसाल र उपसभापतिमा माओवादी केन्द्रका ऋषिबहादुर पुलामीको मात्रै उम्मेदवारी परेको छ ।
एमालेको तर्फबाट भने उम्मेदवारी नपरेको मुख्य निवार्चन अधिकृत केशवप्रसाद वास्तोलाले जानका बिहीबार बिहान दश बजेदेखि दिउँसो एक बजेसम्म उम्मेदवारी दर्ताको लागि समय थियो ।

कांग्रेस र माओवादी गठबन्धन भएसँगै एमालेले भने उम्मेदवारी दर्ता नगरेपछि गठबन्धनबाट पिताम्बर भुसाल शर्मा सहितको प्यानल विजयी हुने निश्चित भएको छ ।

अर्घाखाँचीमा कांग्रेस र माओवादीले तालमेल गरेका छन् । खुल्ला सदस्यमा माओवादीबाट ढालबहादुर राउत क्षेत्री, रेमबहादुर राना मगर, कांग्रेसबाट शमशेर दिन मियाँले उम्मेदवारी दर्ता गराएका छन् ।

महिला सदस्यमा विमला परियार, झमकुमारी श्रेष्ठ, लक्ष्मी पौडेल र दलितबाट सदस्यमा बलेन्द्र विकले उम्मेदवारी दर्ता गरेको निवार्चन समितिका सदस्य तथा जिल्ला अदालतका सूचना अधिकारी टेकराज गैरेले जानकारी दिनुभयो ।

भुसालले नेपाली कांग्रेसको दुई कार्यकाल जिल्ला सभापति भएर काम गर्नुभएको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०७४ शुक्रबार ००:००  १ : १९ बजे