१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

एमालेविरुद्ध तीन दलको गठबन्धन



प्यूठान, २७ साउन ।
जिल्ला समन्वय समिति प्यूठान गठनका लागि आज उम्मेदवारी दर्ता भएको छ । साउन २९ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमाले भने एक्लै प्रतिष्पर्धामा छ ।
संयुक्त प्यानलमा राष्ट्रिय जनमोर्चाका तर्फबाट ऐरावती गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष केशव आचार्यले सभापति पदमा र नेकपा माओवादीका तर्फबाट ऐरावती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष पदम थापाले उपसभापति पदमा उम्मेदवारी दिनु भएको छ ।
नेकपा एमालेको तर्फबाट सभापति पदमा प्यूठान नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष नेहरसिंह केसी र उपसभापति पदमा झिमरुक गाउँपालिका वडा नम्बर १ की विष्णा घर्तीमगरले उम्मेवारी दिनु भएको छ ।
९ सदस्यीय जिल्ला समन्वय समितिको लागि संयुक्त प्यानलको तर्फबाट सदस्य पदका लागि नेपाली कांग्रेसले ४, नेकपा माओवादी केन्द्रले २ र राष्ट्रिय जनमोर्चाले १ पदमा उम्मेदवारी दिएका छन् । १८ जना मतदाता संख्या रहेकोमा नेकपा एमालेसँग ६ र अन्य तीन दलसँग ४–४ मतदाता रहेका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७४ शुक्रबार ००:००  १ : २१ बजे