१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

राप्रपा विभाजनबारे आयोगले आज अन्तिम टुंगो लगाउने



काठमाडौँ, २९ साउन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजनबारे निर्वाचन आयोगले आज अन्तिम टुंगो लगाउने भएको छ ।

राप्रपाका असन्तुष्ट पक्ष पशुपतिशमशेर राणा समूहले ४० प्रतिशत पुगेको दाबी गर्दै दल दर्ताका लागि यही साउन २२ गते आयोगमा निवेदन दिएको थियो ।

उक्त निवेदनउपर सनाखतका लागि आयोगले छलफलमा बोलाएकाले दल विभाजनको टुंगो नै लाग्ने राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभएको छ ।
उहाका अनुसार राप्रपालाई १६५ जनाको कार्यसमिति रहेको सनाखत आयोगले गरेको छ । यी सदस्यमध्येबाट राणा समूहले ४० प्रतिशत पुगेको भनी राप्रपा (प्रजातान्त्रिक) दल बनाउन निवेदन दिएको छ ।

निर्वाचन आयोगको राजनीतिक दलसम्बन्धी ऐनको दफा (३३) को उपदफा (२) मा संसदीय दलको ४० प्रतिशत र केन्द्रीय समितिको ४० प्रतिशत सदस्यले हस्ताक्षर गरेर नयाँ दलको मान्यता दिने भन्ने व्यवस्था छ । रासस

प्रकाशित मिति : २९ श्रावण २०७४ आइतबार ००:००  ४ : ३८ बजे