२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै



काठमाडौं, २९ साउन ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक आज दिउँसो बस्दैछ । बाढी पहिरो र डुबानको समस्याका बारेमा छलफल गर्न सभापति शेरवहादुर देउवाले आकस्मिक केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउनुभएको हो ।

बैठक दिउँसो ४ वजे प्रधानमन्त्री निवास वालुवाटरमा बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आइतवार बिहान पार्टी सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आकस्मिक केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउन आग्रह गर्नुभएको थियो । पौडेलको आग्रहपछि सभापति देउवाले दिउँसो चार वजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाउनुभएको हो ।

मुख्य सचिव पौडेलका अनुसार बाढी पहिरो तथा मधेसमा देखिएको डुवानको समस्या समाधान र तत्काल उद्धारका बिषयमा छलफल हुनेछ ।

प्रकाशित मिति : २९ श्रावण २०७४ आइतबार ००:००  ६ : ५४ बजे