१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

जिसस कपिलवस्तुको चुनावी भिडन्त !



कपिलवस्तु, ३० साउन ।
जिल्ला समन्वय समिति कपिलवस्तुमा कांग्रेस र एमालेको छुट्टा छुट्टै प्यानल चुनावमा भिड्ने भएको छ । आइतबार दुवै पार्टीबाट संयुक्त गठबन्धन गरि उम्मेदवारी परेको छ । आगामी भदौ २ गतेका लागि तोकिएको जिल्ला समन्वय समितिको चुनावको लागि कांग्रेस र एमाले सहितको प्यानल चुनावमा भिड्ने भएका हुन् । जिल्लामा कांग्रेस, २ स्वतन्त्र र माओबादी केन्द्र तथा एमाले र संघीय समाजबादी फोरम नेपालको प्यानल बनेको हो ।
यो संगै जिल्ला समन्वय समितिको कुल ९ पदका लागि १७ जनाको उम्मदेवारी दर्ता भएको छ । समितिको संयोजकमा कांग्रेसबाट नारायण खनाल र एमालेबाट नेत्रराज गिरिको मनोनयनपत्र दर्ता भएको मुख्य निर्वाचन अधिकृत बिश्व मंगल आत्रेयले बताउनुभयो । उप—संयोजकमा कांग्रेसकी तारावती कुमारी चौधरी तथा संघीय फोरमका संदीप कुमार पाण्डेय उम्मेद्वार हुनु भएको छ ।
यस्तै महिला सदस्यहरुमा कांग्रेसबाट प्रमिला मल्ल, कुन्ती पासी, साठीया थारु तथा संघीय फोरमबाट गुन्जेश्वरी चमाईन र एमालेबाट शान्ता पाण्डेय बिच प्रतिस्पर्धा हुनेछ ।
यस्तै अन्य सदस्यमा कांग्रेसबाट काजु ताडीवान र एमालेबाट खगी सुनार रहनु भएको छ । यसैगरी सदस्यहरुमा कांग्रेसबाट तेज बहादुर रायमाझी, घनश्याम मौर्य, अनुप कुमार पाण्डेय, संघीय फोरमबाट नवल किशोर पाण्डेय, बलिराम यादव र एमालेबाट कृष्ण बहादुर चौधरी रहनुभएको छ । समितिको निर्वाचन भदौ २ गते हुनेछ ।
कांग्रेस प्यानलमा कुल १३ र एमाले प्यानलमा सात मत रहेका छन । महाराजगंज नगरपालिकाका मेयर अब्दुल कलाम खाँ हज यात्रामा गएकाले कांग्रेसको एक मत घट्नेछ ।

प्रकाशित मिति : ३० श्रावण २०७४ सोमबार ००:००  ११ : १५ बजे