१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बुटबलमा मदन भण्डारी अध्ययन केन्द्रको प्रारम्भिक भेला



बुटवल, ३० साउन ।
मदन भण्डारी अध्ययन केन्द्र रुपन्देहीको प्रारम्भीक भेला सोमबार बुटवलमा भएको छ । सिद्धिचरण भटराईको अध्यक्षतामा बसेको अध्ययन केन्द्रको बैठकले संघिय संबिधानको कार्यान्वयनको पहिलो खुट्किलो स्वरुप भएको स्थानिय तहको निर्वाचनलाई महत्वपुर्ण अग्रगामी कदम ठहर गरेको छ ।
बैठकले नेकपा एमाले जिल्ला कमिटी संग समन्वय गरी जबजको स्थानिय तहमा प्रयोगका सम्भावना र चुनौति बिषयमा जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गर्ने पनि निर्णय गरेको छ । रुपन्देही जिल्ला वाम आन्दोलनको बैचारिक थलो ऐतिहासिक विरासत कमजोर बन्दै जान थालेकोमा चिन्ता व्यक्त गर्दै अध्ययन केन्द्र वैचारिक काम अघि बढाउने पनि निष्कर्ष निकालेको छ ।
बैठकका प्रमुख अतिथि प्रदेश संगठन कमिटी सदस्य नन्दीकेशर ढकालले यस्तो खालको वैचारिक मञ्चको स्थायी स्वरुप अति आवश्यक भएको जनाउँदै अध्ययन र चिन्तन मननको परम्परा जरुरी भएको बताउनुभयो । कार्यक्रममा केन्द्रिय शिक्षा विभाग सदस्य खगराज शर्मा, नेकाप एमाले जिल्ला उपाध्यक्ष पुरुषोत्तम घिमिरे र बाबुलाल यादवले बैठकलाई सम्बोधन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव युवराज न्यौपानेले गर्नु भएको थियो ।

 

प्रकाशित मिति : ३० श्रावण २०७४ सोमबार ००:००  २ : ५८ बजे