१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

बाढी पिडितको सहयोगार्थ बृहद्ध सास्कृतिक कार्यक्रम आयोजना



चेतन रेग्मी २, भाद्र तुल्सीपुर ।
दाङका बाढी पिडितहरुको सहयोगको लागी अरनीको मैदान तुल्सीपुरमा आजदेखी बृहत सांकृतीक कार्यक्रम शुरु भएको छ ।

डीएल डान्स एकाडेमीका संचालक द्रोण केसीको अध्यक्षता तथा तुल्सीपुर उपमाहानगरपालीकाका प्रमुख घनश्याम पाण्डेको प्रमुख आथीत्यता एबं नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खडकाको बिषीष्ट आथीत्यतामा जारी कार्यक्रममा चर्चीत राष्ट्रीय तथा स्थानीय कलाकारहरु आ आफनो प्रतीभा प्रस्तुत गरीरहेका छन ।

कार्यक्रममा गाएकहरु तिलक वली,दुर्गेस थापा,पुस्कल शर्मा,भुमीका गीरी,कलाकारहरु ध्रुब कमेडी,लोसीना लामीछाने,संगीत थापा,मनीसा रोका,नबराज जीएम लगाएतका दर्जनौ कलाकारहरुको प्रस्तुती रहेने छ ।

सो अबसरमा बोल्दै प्रमुख अथीती पाण्डेले बाढीबाट पिडीतभएका हरुलाई सहयोग गर्न सबैलाइ आग्रह गर्नुभयो ।

उहाले बाढीबाट पीडीतहरु अहीलेपनी छटपटाइ रहेको र कतीपयको बस्ने घर खाने अन्नपात केही नभएकोले सहयोग गर्न आग्रह गर्नुभयो । उहाले तीजलाइ मनोरन्जनका साथै बाढीपीडीतलाइ सहयोग गर्न आबहानपनी गर्नुभयो ।

कायक्रममा बृद्ध तथा अपाङहरुलाइ नीसुल्क प्रबेसको बेबस्था मीलाइएको छ । कार्यक्रमबाट उठेको रकमबाट दाङका बाढी र डुवानबाट प्रभाबितहरुका लागि राहत बीतरण गरीने जनाइएको छ ।
केहीदीनको लगातारको बर्षा पछि दाङमा मात्रै ८ जनाको मृत्यू,सयौ परीपार बिस्थापीत र हजारौ नागरीक प्रभाबीत भएका छन । कार्यक्रमको सहजीकरण दिपक कुमालले गर्नुभएको थीयो । कार्यक्रम भोली सम्म जारी रहने छ ।

 

प्रकाशित मिति : २ भाद्र २०७४ शुक्रबार ००:००  १० : ५० बजे