७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

हिलवर्ट बोर्डिङ स्कुलको खुल्ला तीज गीत प्रतियोगीता



मायादेवी अनलाइन, कपिलवस्तु, ३ भाद्र ।

कपिलवस्तुको पिपरामा अवस्थित हिलवर्ट बोडिङ स्कुलले खुल्ला तीज गीत प्रतियोगीता राखेको छ । जिल्ला भित्र र बाहिरी जिल्ला बाट प्रतियोगी विद्यार्थी सहभागी गराई हिलवर्टले प्रतियोगीता राखेको हो । प्रतियोगीतामा १४ टिमको सहभागीता रहेको स्कुलका प्रिन्सिपल सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

विद्यार्थीको गायन र नृत्यु कला प्रष्फुटन गर्दै आफ्नो कला संस्कृतिको जगेर्ना गर्नको लागि खुल्ला तीज गीत प्रतियोगीता राखेको विद्यालयले जनाएको छ ।

प्रतियोगीतामा सिद्धार्थ मावि बुङ्ची प्रथम, कुवँरवर्ती बोडिङ् स्कुल दृतिय, होराइजन आवशिय मावि सिद्धिपुर तृतीय स्थान आउन सफल भएको स्कुलका भाइस प्रिन्सिपल केदार ज्ञवालीले जानकारी दिनुभयो ।

हिलवर्टले प्रथम हुनेलाई ७ हजार, दृतियलाई ५ हजार र तृतीयलाई ३ हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र वितरण गरेको थियो ।

कार्यक्रममा वाणगंगा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष विष्णु पौडेलले हिलवर्टले गरेको कामको सरहाना गर्नुभयो । नीजि विद्यालयले गरेको खुल्ला तीज गीत प्रतियोगीता जिल्लाकै उत्कृष्ट कार्यभएको वडा अध्यक्ष पौडेलले बताउनुभयो ।

स्कुल सञ्चालक समितिका अध्यक्ष दिपक खनालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विद्यालय निरिक्षक खिम बहादुर जिसी, स्कुलका संस्थापक शंकर पाण्डे, स्कुलका निर्देशक बृद्धिराम पौडेल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन भाइस प्रिन्सिपल केदार ज्ञवाली र शिक्षक तेज प्रसाद आचार्यले गर्नुभएको थियो ।

प्रकाशित मिति : ३ भाद्र २०७४ शनिबार ००:००  १ : ५० बजे