१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

चिल्ड्रन्ज प्याराडाईज इङ्ग्लिस बोर्डिङको तीजगीत प्रतियोगिता



दिपा महत, कपिलवस्तु, ७ भदौ ।
चिल्ड्रन्ज प्याराडाईज ईंलिस बोर्डिङ स्कुलले तीजगीत प्रतियोगिता एक कार्यक्रमका विच सम्पन्न गरेको छ । कार्यक्रममा कक्षा १ देखी १० सम्मका विद्यार्थी सहभागी थिए । प्रतियोगिता २ चरणमा गराईएको थियो ।
कक्षा २ देखी ५ सम्मका विद्यार्थी विच भएको प्रतियोगितामा कक्षा ४ को समुह प्रथम, कक्षाको समुह ५ द्धितिय, कक्षा ३ को समुह तृतिय हुनका साथै कक्षा २ ले सान्त्वना स्थान हासिल गरेको छ ।
यसैगरी कक्षा ६ देखी १० सम्मका विद्यार्थी विच भएको प्रतिस्प्रर्धामा कक्षा ६ को समुह प्रथम, कक्षा ८ र १० को समुह द्धितिय, कक्षा ७ को समुह तृतीय हुनुका साथै कक्षा ६ को समुह सान्त्वना भएका छन् ।
प्रतियोगितामा शिक्षिका बसन्ती पाण्डे, मेनका बेल्वासे, विनिता गिरीले निर्णायकको भुमिका निर्वाह गर्नु भएको थियो ।
कार्यक्रम विद्यालयका प्रधानध्यापक केशव सापकोटाको अध्यक्षता, प्रबन्ध निर्देशक विष्णु प्रसाद पाण्डेको प्रमुख आतिथ्यता, शिक्षक विष्णु प्रसाद तिवारीको सञ्चालनमा सम्पन्न भएको हो । कार्यक्रममा विद्यार्थी विजय पौडेलले स्वागत मन्तब्य राख्नु भएको थियो ।

प्रकाशित मिति : ७ भाद्र २०७४ बुधबार ००:००  २ : ४२ बजे