८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

गोल्डेन होराईजनको तीजगीत प्रतियोगीता



मायादेवी अनलाइन, कपिलवस्तु, ७ भाद्र ।
गोल्डेन होराईजन इंग्लिस बोडिंग स्कुल गजेहडाले अन्तर सदनात्मक तीजगीत प्रतियोगिता तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ ।

प्रतियोगितामा मावि तर्फ मावि तर्फ ब्ल्यु हाउस प्रथम, रेड हाउस द्धितिय, एल्लो हाउस तृृतीय स्थान हासिल गर्न सफल भए भने प्रावि तर्फ ग्रिन हाउस प्रथम, रेड हाउस द्धितीय र व्ल्यु हाउस तृतिय स्थान हासिल गर्न सफल भएका छन् ।

कार्यक्रम विद्यालयका प्रध्यानध्यापक दिपक अधिकारीको अध्यक्षता, विद्यालय व्यवस्थापन समिती अध्यक्ष बाबुराम आचार्यको प्रमुख आतिथ्यतामा सम्पनन भएको हो ।

सहायक प्रधानाध्यापक पिताम्बर सिंजालीको स्वागत मन्तव्य तथा विनेश चौधरी र सुमित्रा थारु संचालनको संचालन रहेको कार्यक्रममा कमल खनाल, निमा गाहा, प्रिया गाहा, शारदा पाण्डे, शारदा पौडेल, शर्मिला चौतारेको निणार्यक भुमिका रहेको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक राजेन्द्र पाण्डे क्षेत्रिले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ७ भाद्र २०७४ बुधबार ००:००  २ : ४४ बजे