१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

स्काईलार्क इङ्ग्लिस बोडिङ स्कुलको तीज गीत प्रतियोगीता



मायादेवी अनलाइन, कपिलवस्तु, ७ भाद्र ।
ओदारीमा रहेको स्काईलार्क इङ्ग्लिस बोडिङ स्कुलले पनि विद्यालय परिसरमा तीजगीत प्रतियोगीता राखेको छ । विद्यालयका १० टिम सहभागी रहेको उक्त प्रतियोगीतामा कक्षा ८ को मार्च समुह प्रथम, कक्षा १० दृतिय, कक्षा ९ तृतीय र कक्षा ६ सान्त्वना स्थान आउन सफल भएको विद्यालयका पिन्सिपल कमल पौडेलले जानकारी दिनुभएको छ ।
विद्यालयका प्रिसिन्पल कमल पौडेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा भाइस प्रिन्सिपल धुव्र पौडेल, अजय थारु, अतिरिक्त क्रियाकलाप इन्चार्ज अनिल रणपालको आतिथ्यता रहेको थियो ।
शिक्षक अनिल बर्मा, मधु शर्मा र अमृता पौडेलले प्रतियोगीतामा निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो भने शिक्षक कविता गैरे, बर्षा पाण्डे, सुष्टि बेल्वासे र गंगा खनालले कार्यक्रम सञ्चालन गर्नुभएको बताइएको छ ।
साथै उक्त अवसरमा दुई जना समूहले सो डान्स देखाएका थिए । साथै विद्यालयका शिक्षक, शिक्षिकालाई तीजको दर खुवाएको विद्यालयले जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तोलाकान्त डुम्रेको पनि उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ७ भाद्र २०७४ बुधबार ००:००  २ : ४७ बजे