७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

सुर्योदय मावि बरवाद्धारा तीज गीत प्रतियोगीता



मायादेवी अनलाइन, कपिलवस्तु, ८ भाद्र ।
कपिलवस्तुको वाणगंगा नगरपालिका १२ बरवामा अवस्थित सूर्योदय मावि वरवाले तीज गीत प्रतियोगीताको आयोजना गरेको छ ।

अन्तर सदनात्मक रुपमा भएको प्रतियोगीतामा कक्षा १० की सोनी थापाको समुह प्रथम, कक्षा ९ ए सेक्सन कि अनिता परियारको समुह दृतिय, कक्षा ९ ए सेक्सनकी रविना कुँवरको समुह तृतीय र कक्षा ७ ए सेक्सनकी मोनिका रानाको समुह सान्त्वना स्थान आउन सफल भएको विद्यालयले जनाएको छ ।

विद्यालयका अतिरिक्त क्रियाकलाप सञ्चालन समितिका संयोजक डोमलाल भुषालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रधानाध्यापक जगन्नाथ मरासिनीको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रधानाध्यापक मरासिनीले प्रतियोगीतामा पुरस्कृत हुने समुहलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

शिक्षक दोलक बहादुर पछाईले निर्णायकको संयोजन गर्नुभएको थियो भने शिक्षक सरस्वती गौतम र धन बहादुर थापा पनि निर्णायक मण्डलमा रहनुभएको थियो । कार्यक्रमको सञ्चानल शिक्षक कमल प्रसाद ढुङ्गानाले गर्नुभएको थियो ।

प्रकाशित मिति : ८ भाद्र २०७४ बिहिबार ००:००  १० : ४६ बजे