८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

अनेरास्ववियू क्रान्तिकारी चुनावी मैदानमा, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुने



काठमाडौं, १३ भदौ ।
नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीको नयाँ नेतृत्वका लागि मंगलबार बेलुकासम्ममा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने तयारी भएको छ ।
सोमबार दर्ता भएको मनोनयनमा मंगलबार बिहान ११ बजेसम्ममा नामावली फिर्ता, त्यसपछि दाबी विरोधको लागि समय दिने र बेलुका सम्ममा अन्तिम नामावली सार्वजनिक गर्ने तयारी भएको निर्वाचन समितिले जनाएको छ । नयाँ नेतृत्वको लागि भोलि मात्रै मतदान हुने भएको छ । नयाँ नेतृत्वका लागि अध्यक्षमा अनिल शर्मा, रञ्जित तामाङ र मदन अर्यालले उम्मेदवार दर्ता गराउनु भएको छ ।
मनोनयन दर्तासँगै क्रान्तिकारीमा पहिलो पटक निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिँदै छ । ३३ पदाधिकारी सहित २ सय ४३ पदका लागि झण्डै ३ सय जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
आइतबार सक्ने योजनाका साथ क्रान्तिकारीको २१ औँ राष्ट्रिय सम्मेलन गएको बुधबारदेखि चले पनि सहमतिमा नेतृत्व चयन हुन नसक्दा लम्बिएको हो । सम्मेलनमा दुई हजार १५ प्रतिनिधि सहभागी छन् ।

प्रकाशित मिति : १३ भाद्र २०७४ मंगलबार ००:००  ४ : ३३ बजे