१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

देशमा परिवर्तन ल्याउन मधेसकोे भूमिका महत्वपूर्णः प्रचण्ड



सर्लाही, भदौ १४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसको विकास नभएसम्म देश समृद्ध हुन नसक्ने बताउनुभएको छ । सर्लाहीको हरिपूर्वामा बुधबार पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशमा परिवर्तन ल्याउन मधेसका नागरिकको ठूलो योगदान रहेको बताउनुभयो । मधेसको पहिरनमा पुग्नु भएका उहाँले तराई मधेसका नागरिकको संघर्षले नै देशमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता तथा समानुपातिक समावेशी सिद्धान्त अनुसारको संविधान जारी भएको बताउनुभयो ।
हिमाल, पहाड र तराईका नागरिकको भावनालाई सम्बोधन गर्न आफू नेतृत्वको सरकारले पहिलो पटक संविधान संशोधन गराएको उहाँले दाबी गर्नुभयो । उहाँले तराई मधेसमा माओवादी विरुद्ध अरु दलले विभिन्न किसिमका षड्यन्त्र थालेको आरोप पनि लगाउनुभयो ।

प्रकाशित मिति : १४ भाद्र २०७४ बुधबार ००:००  ९ : ३५ बजे