८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

प्रदेश र प्रतिनिधिसभा चुनावमा एमाले पहिलो पार्टी !



मकवानपुर, १४ भदौ ।
नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको चुनावमा एमालेलाई पहिलो पार्टी बनाउने दाबी गर्नुभएको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन फरेष्टी क्याम्पसको आयोजनामा भएको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले स्थानीय तहको चुनावमा पनि एमाले पहिलो पार्टी बनेकाले प्रदेश र प्रतिनिधिसभाको चुनावमा पनि पहिलो पार्टी बन्ने दाबी गर्नुभयो । आउँदो असोज २ गते प्रदेश नम्बर २ मा हुने स्थानीय तहको चुनावमा एमालेलाई ठुलो पार्टी बनाउन त्यसक्षेत्रका नागरिक लागि परेको बताउनुभयो ।
आफ्नो पार्टीलाई मधेस विरोधी भन्नुमा कुनैपनि तुक नरहेको बताउँदै वरिष्ठ नेता नेपालले भन्नुभयो ‘एमाले तराई, पहाड हिमाल सबैको पक्षमा छ । एमालेकै बलबाट नेपालको पहिलो राष्ट्रपति मधेसकै रामवरण यादवलाई बनायौं । उपराष्ट्रपति पनि मधेसकै बनायौं अनि कहाँ मधेसको बिरोध र्गयौं ।’ बन्दुकको आडमा धम्क्याएर भन्दा पनि जनमत जितेर अगाडि बढ्ने योजनामा आफूहरु रहेको उहाँको भनाई छ ।

प्रकाशित मिति : १४ भाद्र २०७४ बुधबार ००:००  १२ : २३ बजे