१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

केपि ओलीको ग्रजन -राजपा माथि प्रतिवादको बाटो समाउने दिन नआओस !



काठमाडौं, १४ भदौ ।
नेकपा एमालेका नेता केपी शर्मा ओलीले देशका कुनै पनि भागमा जान र चुनावी गतिविधि गर्न आफूहरुलाई कसैले रोक्न नसक्ने बताउनुभएको छ । राजपाले जनकपुरको एमाले कार्यकर्ता भेलामा अवरोध प्रयास गरेको सन्दर्भमा ओलीले सो कुरा बताउनुभएको हो ।

बैंककमा स्वास्थ्य उपचार गराएर बुधबार नेपाल फर्किनुभएका ओलीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भन्नुभयो, ‘एमाले जवाफमा त्यसैगरी ओर्लियो भने उहाँहरुको हालत के हुन्छ ? एमालेले प्रतिवादको बाटो समाउन नपरोस् भन्न हामी चाहान्छौं ।’

एमाले जिम्मेवार पार्टी भएको भन्दै उहाले देशको जुनसुकै भागमा गएर कार्यक्रम गर्ने बताउनुभयो । ‘देशका कुनै पनि भागमा जानबाट कसैले रोक्न सक्दैन,’ ओलीले भन्नुभयो, ‘कसैले रोक्न खोज्छ भने असंवैधानिक हुन्छ, गैरकानुनी हुन्छ ।’ उहाले निषेधको राजनीति नगर्न पनि चेतावनी दिनुभएको ।

 

प्रकाशित मिति : १४ भाद्र २०७४ बुधबार ००:००  २ : ०० बजे