१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

प्रचण्ड भन्छन्, एमाले जनताको नजरमा टिक्न नसक्ने भइसक्यो



रौतहट, १५ भाद्र ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले तराई(मधेसको सबैभन्दा ठुलो पार्टी आफूहरू हुने ठोकुवा गर्नुभएको छ ।
रौतहट उद्योग वाणिज्य सङ्घ गौरको सभाकक्षमा संचारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष प्रचण्डले सहिद घोषणा, घाइतेलाई उपचार खर्च, क्षतिपूर्ति दिलाउने काम आफ्नै नेतृत्वमा भएकाले संशोधन विधयेक फेल भए पनि राजपालाई निर्वाचनमा ल्याउनु खुसीको कुरा भएको बताउनुभयो ।
‘तेह्र सय मधेसी जनताको बलिदानीबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गराउनमा माओवादी केन्द्रको नेतृत्वदायी भूमिका रहेको छ’, उहाँले भन्नुभयो, ‘यति बेला निर्वाचनको ठुलो लहर चलिसक्नु पथ्र्यो । तर बाढीबाट तहसनहस भएकाले ढिलो भए पनि निर्वाचनमय बन्दै गएको छ ।’
संविधान संशोधनमा माओवादीले अथक मेहनत गरेको भन्दै उहाँले तराई–मधेसका जनताले २ नम्बर प्रदेशमा माओवादीलाई जिताएर पहिलो पार्टी बनाउने ठोकुवा गर्नुभयो ।
गलत कदमका कारण आक्रोशित जनताका अगाडि एमाले टिक्न सक्ने अवस्था नरहेको बताउँदै उहाँले संविधान संशोधन विफल बनाएकाले उसलाई मधेसविरोधीको बिल्ला एमालेलाई लागेको आरोप लगाउनुभयो ।
सञ्चारकर्मीहरुको प्रश्नको जवाफमा निर्वाचनमा काँग्रेस, सङ्घीय समाजवादी फोरम नेपाल, राजपा र कुनैकुनै स्थानमा एमालेसँग गठबन्धन हुने कुरालाई नकार्न नसकिने समेत प्रचण्डले बताउनुभयो ।

प्रकाशित मिति : १५ भाद्र २०७४ बिहिबार ००:००  १ : ४० बजे