१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

एमाले सल्यानको अगुवा कार्यकर्ता भेला



सल्यान, १५ भदौ ।
नेकपा एमाले सल्यानले अगुवा कार्यकर्ता भेला भएको छ । एमालेलाई संगठित, सक्षम, बलियो र जनप्रिय बनाउने उद्देश्यले विहिबार अगुवा भेला गरिएको हो ।
भेलालाइ सम्बोधन गर्दै एमाले प्रदेश नम्बर ६ का सह–संयोजक यमलाल कंडेलले अवको पार्टी निर्माणको आधार निर्वाचीत जनप्रतिनिधीहरु भएको बताएका छन् । भेलाका प्रमुख अतिथि रहेका उनले भने– ‘अव जनप्रतिनिधिहरुले सबैको भलो हुने किसिमले राम्रो राम्रो काम गर्न जरुरी छ, अनी मात्रै हाम्रो संगठन बलियो हुन्छ र हिजोको गुट उपगुटको मानसिकता त्यागेर सबै पार्र्टीका नेता कार्यकर्ता एकजुट हुनुपर्छ ।’ उनले नेपालका प्रधानमन्त्री देउवाले भारतमा गएर नेपालीको शिर निहुराएको आरोप पनि लगाए ।
जिल्ला पार्टी अध्यक्ष गोविन्द कुमार पुनको अध्यक्षतामा र उपाध्यक्ष भिम बहादुर सेनको स्वागत मन्तव्यबाट शुरु भएको भेलामा एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गुलावजंग शाह, प्रदेश कमिटी सदस्य हरि केसी, उदय वोहोरा, केन्द्रीय निर्वाचन कमिटी सदस्य भद्रसिंह बुढा, अनेरास्ववियुका केन्द्रीय सदस्य घनश्याम पुन, युवा संघ केन्द्रीय सदस्य रुद्रविर घर्ती, अनेमसंघ जिल्ल अध्यक्ष सरिता हमाल लगाएतकाले पनि मन्तव्य राखेका थिए ।
जिल्ला सचिव रमेश कुमार गौतमले संचालन गरेको कार्यक्रममा सल्यान जिल्लाका स्थानीय तहमा एमालेबाट निर्वाचीत भएका जनप्रतिनीधीहरु, जिल्ला कमिटीका सल्लाहकार, ज्येष्ठ नागरिक मंचका सदस्यहरु र जनवर्गिय संगठनका प्रमुखहरुको सहभागीता थियो । भेलामा उपस्थित भएकाहरुलाइ जिल्ला सहसचिव दान बहादुर खत्रीले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रकाशित मिति : १५ भाद्र २०७४ बिहिबार ००:००  २ : ०१ बजे