७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कांग्रेस सदरमुकाम कावासोतीमै राख्ने पक्षमा !



नवलपरासी, १७ भदौ ।
नेपाली कांग्रेस नवलपरासीले नवलपुर क्षेत्रको नयाँ जिल्लाको सदरमुकाम कावासोतीमै हुनु पर्नेमा नेपाली कांग्रेस प्रष्ट रहेको भन्दै आफ्नो धारणा सार्वजनिक गरेको छ ।

नेपाली कांग्रेसकै केही नेताले सदरमुकाम कावासोती बाहिर लैजाने भनी फिजाएको हल्ला गलत भएको भन्दै नेपाली कांग्रेस नवलपरासीका सभापति विष्णु लामिछानेले नेपाली कांग्रेस यस जिल्लाको सदरमुकाम कावासोतीमै राख्नु पर्ने पक्षमा रहेको बताउनुभयो ।

उहाले पार्टीको आधिकारिक धारणा कावासोती मै सदरमुकाम राख्ने भन्ने भएकोले गलत प्रचारको पछाडि नलाग्न समेत आग्रह गर्नु भएको छ ।

कावासोतीमा पत्रकारहरुसंग नेपाली कांग्रेसको धारणा सार्वजनिक गर्ने कार्यक्रममा नेपाली कांग्रेस नवलपरासीका सचिव बालकृष्ण घिमिरेको समेत सहभागिता रहेको थियो ।

कार्यक्रममा सभापति लामिछानेले पार्टी महामन्त्री डा. सशांक कोइरालासँग पनि यस विषयमा छलफल भएको र उहाको पनि सदरमुकाम कावासोती बाहेक अन्यन्त्र लैजानेमा चाहना नभएको प्रष्ट पारेको दाबी गर्नुभयो ।

प्रकाशित मिति : १७ भाद्र २०७४ शनिबार ००:००  १ : ३९ बजे