११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

बुटवल उपमहानगरको बजेट तीन अर्ब १९ करोड



रुपन्देही, १६ भदौ ।
रुपन्देहीको बुटवल उपमहानगरपालिकाले तीन अर्ब १९ करोड ३७ लाख ७१ हजार बराबरको बजेट सार्बजनीक गरेको छ ।
प्रथम नगर सभाले पारित गरेको आर्थिक वर्ष २०७४ र ०७५ को बजेट, नीति तथा कार्यक्रम बुटवलमा सार्वजनिक गर्दै उपमहानगरका मेयर शिवराज सुवेदीले नगर संचित कोषमा व्ययभार हुने एक अर्ब ६३ करोड ३५ लाख ५८ हजार, र बिषयगत कार्यालयहरुले नगरमा कार्यान्वयन गर्ने एक अर्ब ५६ करोड एक लाख ९२ हजार बराबरको उक्त परिमाणको बजेट सार्बजनिक गरिएको हो ।
उपमहानगर भित्रका कच्ची सडकहरुलाई ग्राभेल गर्ने र पक्की सडकको मर्मत गर्ने कार्यक्रममा समाबेश गरिएको छ । ८५ वर्ष पुगेका जेष्ठ नागरिकलाई चार चार महिनामा घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने तथा ७० वर्ष पुगेका जेष्ठ नागरिकलाई चाडपर्व खर्चको रुपमा बार्षिक दुई हजार रुपैयाँ उपलव्ध गराउने नीति र कार्यक्रममा उल्लेख छ ।
सञ्चारकर्मी र सञ्चार माध्यमको क्षमता विकास तथा स्वास्थ्य उपचार कोषका लागि १५ लाख रुपैयाँ र उपमहानगरले स्थापना गरेको उत्कृष्ट पत्रकारिता पुरस्कारको कोषलाई बृद्धिगरी पाँच लाख रुपैयाँ र्पुयाउने कार्यक्रममा उल्लेख छ । पाँच पृष्ठ लामो नीति तथा कार्यक्रममा ३५ नीति र १४ कार्यक्रम समेटिएका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०७४ शनिबार ००:००  १ : ४० बजे