७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

रुपन्देहीमा उद्योग खुल्नेक्रम बढ्यो



बुटवल, १९ भाद्र ।
तीव्र रुपमा भौतिक पूर्वाधार र विकास निर्माण हुदै गर्दा रुपन्देहीमा उद्योग खुल्नेक्रम बढेर गएको छ । भैरहवा, लुम्बिनी करिडोर, देवदह, सिक्टहन लगायतका स्थानमा ठूला उद्योगहरु भरिने क्रम जारी छ ।

लुम्बिनी करिडोरमा अर्बांै लगानीका सिमेन्ट उद्योग खुलेका छन् । विदेश निर्यात गर्ने उद्योगलाई प्राथमिता दिनेगरी उद्योग सञ्चालन गर्न भैरहवामा देशमै पहिलो पटक विशेष आर्थिक क्षेत्र सेज स्थापना भएको छ ।

बुटवल र लुम्बिनी आसपासमा धमाधम सेवामूलक उद्योग बढेका छन् । यसले जिल्ला औद्योगीक हव बन्दै गएको छ ।

सहज भारतीय नाका, सडक सञ्जाल र उद्योगी तथा मजदुरबीचको सुमधुर सम्बन्धले उद्योगका लागि रुपन्देही रोजाइमा परेको रुपन्देही उद्योगसंघका अध्यक्ष दिनेशराज रेग्मीले बताउनुभयो ।

उद्योग स्थापनाका लागि सहज वातावरण देखेपछि अन्यत्रका औद्योगीक घरानासमेत जिल्लामा आकर्षित भएका छन् ।

गत वर्षको भारतीय नाकाबन्दी तोडेर उद्योगधन्दा तथा व्यवसाय सञ्चालन र अन्यत्रको तुलनामा भौतिक र लगानी दुबैको सुरक्षाको अनुभूति गर्ने गरेकाले पनि उद्योग खुल्नेक्रम बढेको उहाले बताउनुभयो ।

रुपन्देहीमा करिब साढे ११ हजार साना तथा ठूला उद्योग छन् । त्यसमध्ये करिब १० हजार उद्योग घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका छन् ।

 

प्रकाशित मिति : १९ भाद्र २०७४ सोमबार ००:००  २ : ११ बजे