१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

न्यौपाने यातायात ब्यवसायीको केन्द्रिय सदस्यमा निर्वाचित



जितपुर (कपिलवस्तु), २० भदौ ।
बाणगंगा यातायात ब्यवसायी समितिका अध्यक्ष बिष्णु प्रसाद न्यौपाने नेपाल प्रजातान्त्रीक राष्ट्रिय यातायात ब्यवससायीमा सघंको केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको छ ।
यातायात ब्यवसायीहरुको हकहितका लागी बर्षौदेखि काम गर्दै आउनुभएका न्यौपाने हालै पोखरामा भएको अधिवेशनबाट केन्द्रिय समितिको सदस्य पदमा निर्वाचित हुनुभएको हो । पोखरामा भएको पहिलो अधिवेशनले ३० जना कार्यसमिति चयन गरेको छ ।
कपिलवस्तु संञ्चार सहकारी संस्था लिमिटेडका संस्थापक उपाध्यक्ष साथै हालका सल्लाहकार समेत रहनुभएका न्यौपाने जिल्लाका दर्जनौ सघंसस्थामा आवद्ध हुनुहुन्छ । न्यापाने सर्वसम्मत रुपमा सदस्य पदमा चयन हुनुभएको बताइएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७४ मंगलबार ००:००  १ : ५९ बजे