१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

कोरियन भाषा पास गरेकाहरुको स्वास्थ्य परीक्षण कात्तिक १२ देखि



काठमाडौं, भदौ २१
कोरियन भाषा परीक्षामा उत्तीर्ण भएकाहरुको स्वास्थ्य परीक्षण आउँदो कात्तिक १२ गते देखि २० गतेसम्म हुने भएको छ । त्यस्तै रोजगार आवेदन फारम कात्तिक १६ गतेदेखि २४ गते सम्म भर्न सकिनेछ ।
तर परीक्षा केन्द्र नम्बर २६ मा परीक्षा दिन वञ्चित भएर असार २१ देखि २९ गतेसम्म लिइएको परीक्षामा उत्तीर्णहरुको भने कात्तिक २० गते कोरिया नेपाल मैत्री अस्पताल ठिमीमा स्वास्थ्य परीक्षण हुनेछ । उनीहरुले कात्तिक २४ गते रोजगार आवेदन भर्न सक्ने इपिएस कोरिया शाखाले जनाएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७४ बुधबार ००:००  ८ : १४ बजे