१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

कोरीयाको ख्यङ्गनाममा बहुसांस्कृतीक महोत्सव हुँदै, रामजी खाँड र देवी घर्तीको प्रस्तुती रहने



शिब भुसाल, उल्सान, ५ सेप्टेम्वर ।
कोरीयाको मुख्य पर्व छुसगको अवसर पारेर ख्यङ्गनाम विदेशी सहायता केन्द्रले आरिरांग बहुसांस्कृतीक कार्यक्रम गर्ने भएको छ । केन्द्रले यहिँ सेप्टेम्बर २९, ३० र १ अक्टोवरका दिन ख्यङ्गनाममा सो कार्यक्रम गर्न लागेको जनाएको छ ।
महोत्सवमा ईपिएस मार्फत कोरीया आएका तथा अन्य माध्यमबाट कोरीया आई बसोबास गरेका आप्रवासीहरुका माध्यमबाट उनिहरुका देशको पहिचान झल्किने प्रस्तुती रहने केन्द्रले जनाएको छ । महोत्सवमा नेपालको पनि विषेश पहिचान झल्किनेगरी प्रस्तुतीहरु रहने महोत्सवका नेपालतर्फका संयोजक भुवन कुमार वस्नेतले जानकारी दिए । महोत्सवमा नेपाली मौलीक कला, संस्कृती, भेषभुषा झल्कीने वस्तुहरु राखीनुका साथै नेपालका परम्परागत नाच समेत हेर्न पाईने उनले बताए ।

“नेपालमा निकै नै प्रचलित लाखे नाच, परेड, विभिन्न जातजातीमा प्रचलित नाचहरु देखाईने छ” उनले भने । महोत्सवमा नेपाली दोहोरी प्रतियोगीता गराईने र उत्कृष्ट टिमलाई पुरस्कारको पनि व्यवस्था गरिएको छ ।
सोहि कार्यक्रमकालागी नेपालमा निकै चर्चीत लोकगायक रामजी खाँड र गायीका देवी घर्तीको पनि प्रस्तुती रहने छ ।
महोत्सवको दोस्रोदिन आप्रवासी गीत प्रतियोगीता राखिएको छ । प्रतियोगीतामा कोरीयाका विभिन्न क्षेत्रबाट आएका विभिन्न देशका प्रतिनिधिहरुले भाग लिने र उत्कृष्ट गित गाउनेलाई भारी पुरस्कारको व्यवस्था रहेको केन्द्रले जनाएको छ । नेपाल तर्फको कार्यक्रममा कोरीयाका लागी नेपाली राजदुत अर्जुन जंगबहादुर सिंह प्रमुख अतिथी रहने छन् ।
महोत्सवमा नेपालीहरुको सहभागिताका लागी पायक पर्ने स्थानहरु बुसान, थेगु उल्सान, मासान, हमान लगायतका स्थानबाट निशुलक गाडिको व्यवस्था गरिएको संयोजक वस्नेतले बताए ।

प्रकाशित मिति : २१ भाद्र २०७४ बुधबार ००:००  २ : २० बजे