१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

पहलमानपुरमा दुना प्लेट बनाउने उद्योग संञ्चालन



धनराज कटेल, कैलाली, २६ भाद्र ।
कैलालीको घोडाघोडी नगरपालीका वडा नम्बर १० पहलमानपुरमा कागजको दुना तथा प्लेट बनाउने उद्योग संञ्चालनमा आएको छ । विहान बेलुका घरमै काम गरी बाकी समय दुना तथा प्लेट बनाउने सकिने संचालक श्याम चौधरीले बताए ।

५० हजारमा मेसिन खरिद गरी हाल दुना बनाउन सूरु गरेको र केही दिनमै प्लेट बनाउने मेसिन पनि ल्याउने तरयारी गरेका चौधरीले, दिनमा १ हजार संम्म दुना बोती बनाउन सकीने बताएका छन ।

स–साना कागजका प्लेट तथा दुना बनाई पुर्वपश्चिम राजमार्ग आसपासका बजारमा विक्री गरिने उनको भनाई छ् । आफ्नै देशमा थुप्रै संम्भावनाहरु रहेकाले दक्ष जनशक्ती विदेशीनु उपयुक्त नरहेको तर्क चौधरीको रहेको छ ।

स्थानिय स्तरमै कागजको दुना तथा प्लेट बनाउने मेसिन संचालनमा आएपछि पहलमानपुरका स्थानियहरु समेत हार्सित भएका छन ।

प्रकाशित मिति : २६ भाद्र २०७४ सोमबार ००:००  १ : ३१ बजे