११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

मोबाइल व्यवसायी संगठनमा गुप्ता



भैरहवा, २६ भाद्र ।
उद्योग व्यापार संगठन रुपन्देहीको वस्तुगत सदस्य मोबाइल व्यवसायी संगठनको भेला भैरहवामा सम्पन्न भएको छ । भेलाले बैजनाथ गुप्ताको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
जसको उपाध्यक्षमा धनराज गिरी, सचिवमा अरुण गुरुङ, सह–सचिवमा सन्तोष कुमार ठाकुर, कोषाध्यक्षमा दान बहादुर जि.सी., सदस्यहरुमा श्याम गुप्ता, कृष्ण ज्ञवाली, अकबाल पठान, दिपक पौड्याल, रमेश यादव, कैलाश कोइरी, हरि पाण्डे, सन्तोष साहनी, रमेश ठाकुर र दिपक प्रसाद पाण्डे रहेका छन । त्यस्तै सल्लाहकारहरुमा गिरीश चन्द्र त्रिपाठी, कृष्ण बहादुर गुरुङ, राज कुमार गुप्ता, हरिष सेठिया र धिरज अग्रहरी रहेका छन् ।
संगठनका अध्यक्ष बैजनाथ गुप्ताको अध्यक्षता, उद्योग व्यापार संगठन रुपन्देहीका उपाध्यक्ष गिरीश चन्द्र त्रिपाठीको प्रमुख आतिथ्यता तथा निवर्तमान अध्यक्ष कृष्ण बहादुर गुरुङको आतिथ्यतामा भेला सम्पन्न भएको थियो ।
आगामी दिनमा स्थानीय बजारको विकासमा सक्दो मद्धत पु¥याउने, भारतबाट भन्दा स्थानीय बजारमै मोबाइल सस्तो र सर्वसुलभ तरिकाले पाउन सकिन्छ भन्ने सर्वसाधारणमा सन्देश पु¥याउने, मोबाइल व्यवसायीहरुलाई सामाजिक कार्यहरुमा पनि अग्रसर गराउने लगायतका गतिविधिलाई अगाडी बढाइने संगठनले जनाएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७४ सोमबार ००:००  २ : ०९ बजे