८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

टीकापुर नगरपालिकाद्धारा ६१ करोड, ८७ लाख बजारको बजेट विनियोजन



धनराज कटेल, २६ भाद्र ।
टीकापुर नगरपालिकाले चालु आर्थिक बर्ष २०७४÷०७५ का लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रथम नगरसभा अधिवेशन मार्फत टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र रावलले सोमबार चालु आर्थिक बर्षको २०७४÷७५ को बार्षिक नीति, कार्यक्रम तथा बजेट ब्यक्तव्य प्रस्तुत गरेका हुन् ।

नगर प्रमुख रावलले चालु आर्थिक बर्ष २०७४÷७५ का लागि रु. ६१ करोड, ८७ लाख, रु. ७० हजार २ सय २ रुपैया ९१ पैसाको बजेट प्रस्तुत गरेका हुन । जसमध्ये कुल बजेटको रु. ४६ दशमलब ६३ प्रतिशत अर्थात रु. २८ करोड ८५ लाख ६३ हजार चालुतर्फ र रु. ५३ दशमलब ३७ प्रतिशत अर्थात रु. ३३ करोड २ लाख ७ हजार २ सय २ रुपैया ९१ पैसा पुजीगत अर्थात बिकासे बजेटको रुपमा छुट्याईएको नगर प्रमुख बताए । जस अन्र्तरगत ३० प्रतिशत समपुरक कोषमा ३५ प्रतिशत नगरस्तरीय योजनका लागि र ३५ प्रतिशत रकम वडागत योजना लागि विनियोजन गरेको नगरप्रमुख रावलले बताए ।

टीकापुर नगरपालिले विकास निमार्णका पुर्वाधार, कृषि, पर्यटन र ढलनिकासलाई मुख्य प्राथामिकता दिएको बताएका छन् । टीकापुर नगरपालिका क्षेत्रको दिर्घकालिन ढल निकास गरिने, नगर यातायत गुरुयोजना तयारी अन्तिम चरणमा रहेकाले त्यसको आधारमा सडको योजना तयारी गरि कार्यन्वयन गरिने बताइएको छ । भने टीकापुर नगरपालिका वडा नम्बर ६, ७, ८, ९ समेटिने गरि अन्तिम प्रतिवेदन तयारगरि कार्यन्वयन गरिने नगर प्रमुख रावलले बताए ।
मुक्त कमैया तथा सुकूम्बासी समस्या समाधान गरिने, नगरपालिका क्षेत्र भित्र चक्रपथ निमार्णलाई गरिने र टीकापुर नगरपालिकाको स्वामित्वमा रहेको भोगचलन तथा संरक्षणमा रहेका भवन जग्गा जमिन र प्राकृतिक सम्पदाको संरक्षण र प्रवद्धन गरिने उल्लेख गरिएको छ । नगरपालिका आफ्नै वडा कार्यालयको भवन निमार्ण गरिने, वडा नम्बर ७ को ओजुवा ताल, डल्फीन क्षेत्र लगायत बेतबास उत्पादनको गुरुयोजना बनाइ पर्यटनिय क्षेत्रको बिकास गरिने योजना समेटिएको छ ।

त्यस्तै टीकापुर नगरलाई स्मार्ट सीटी बनाइने, लम्की टीकापुर र खक्रौला सडकलाई चार लेनको सडक निमार्णका लागि पहल गरिने उल्लेख गरिएको छ भने भवन निमार्ण स्किृत दिदा एक घर तिन विरुवाको नीति अवम्वन गरिने बताइएको छ । टीकापुर बंगला बृहत पार्कमा भ्युटार निमार्ण गरि कर्णाली नदीको किनारलाई ट्रेकिङ्ग जोनको रुपमा बिकास गरिने प्रमुख रावलले बताएका छन् ।

त्यस्तै कार्यक्रम अन्तरगर्त नगरपालिकाले भुमि खण्डीकरणलाई निरुत्साहित गर्ने र प्रबेशद्धार निमार्ण कार्यलाई प्राथमिकता दिने कुरामा जोड दिएको छ । त्यस्तै आर्थिक निती अन्तरगर्त टीकापुर पार्कलाई व्यवस्थित गर्ने कर्णाली नदीमा राफ्टिंगको व्यवस्था गरिने बताइएको छ भने नगरपालिका भित्रका उद्योग संग सम्बन्धित संस्थाहरुको अभिलेख राखि औद्योगीक नगरीको रुपमा बिकास गरिने जनाइएको छ ।

कृषि उत्पादनलाई बढाउन विभिन्न उत्पादन मुलक कार्यक्रम ल्याउने छ भने रोजगारीका लागि तरकारी खेति,फलफुल खेरी खाद्यान्न वाली, माछा र केरा खेतिलाई पोत्शाहन गरिनुका साथै कृषि बिमा कार्यक्रम लागु गरिने उल्लेख गरिएको छ् ।

बर्दिया जोड्ने सनकटी घाट, दौलतपुरघाट र अन्य नदीमा पुल निमार्ण गर्ने, खक्रैला भन्सारलाई मुल भन्सार बनाउने र वाढीपिडीत क्षेत्रका घर उच्च बनाउने योजन समेटीको छ भने अन्य सामाजिक विकास अन्तरगर्त थारु जातिमा देखिएको सिकलसेल एनिमिया रोग समयमै पता लगाउन टीकापुर मै प्रयोगशाला राखिने नीजि विद्यालयमा नेपाल सरकारले ब्यवस्था गरेको १० प्रतिशत छात्रवृति दिनुपर्ने कडाइका साथ लागु गरिने र टीकापुर नगरपालिकाको निश्चित क्षेत्रलाई वाइफाई जोन घोष्णा गरिने लागायत महत्वकांक्षी योजनाहरु नगरसभामा प्रस्तुत भएका छन् । निती तथा योजनाहरु विगतका भन्दापनि केहि महत्वकांक्षी देखिएका छन् । स्थानीय सरकार बनेपछिको यो पहिले नगरसभा हो ।

प्रकाशित मिति : २६ भाद्र २०७४ सोमबार ००:००  ३ : ५८ बजे