१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

बुटवलमा सात वटा युवा समूहलाई र्निब्याजी ऋण सहयोग



बुटवल, २७ भाद्र ।
जिल्ला युवा समिति रुपन्देहीले ग्रामीण युवा उद्यम कार्यक्रम अन्तर्गत जिल्लामा सात वटा युवा समूहलाई रु पाँच लाखका दरले र्निब्याज ऋण सहयोग गर्ने भएको छ ।
समितिको बुटवलमा सम्पन्न बैठकले जिल्लाको सात वटा निर्वाचन क्षेत्रमा रहेका सात वटा संस्थालाई जनही पाँच लाखका दरले ऋण सहयोग गर्नेगरी निर्णय गरिएको जिल्ला युवा समिति रुपन्देहीका शेषकान्त पोखरेलले बताउनुभयो ।
जिल्लामा ऋण सहयोग प्राप्त गर्ने युवा उद्यम समूहमा क्षेत्र नं १ बाट सिद्धार्थ सामुदायिक सिकाइ केन्द्र धकधइ, क्षेत्र नं २ बाट लुम्बिनी खबर सञ्चार गृह भैरहवा, क्षेत्र नं ३ बाट श्री सम्मरीमाई सामुदायिक संस्था, क्षेत्र नं ४ बाट भैरव टेक्नो पार्क बुटवल, क्षेत्र नं ५ बाट रेग्मी दुग्ध उत्पादन तथा बिक्री केन्द्र रुद्रपुर, क्षेत्र नं ६ बाट वरुण कृषक समूह बोगडी र क्षेत्र नं ७ बाट लुम्बिनी प्रगतिशील युवा क्लब महादेवा रहेका छन् ।
युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषद्ले उद्यम कार्यक्रम सञ्चालनका लागि प्रत्येक वडा एक उद्यम नीति अनुसार केही महिना अगाडि सार्वजनिक रुपमा प्रस्ताव आह्वान गरेको थियो ।
सो आह्वान अन्तर्गत धेरै प्रस्ताव समितिमा परेको भए तापनि राष्ट्रिय युवा परिषद्ले जिल्लाका सात निर्वाचन क्षेत्रमा प्रतिनिधिमूलक ढंगले एक÷एक वटा सामूहिक संस्थालाई उद्यम कार्यक्रम सञ्चालनका लागि छनोट गरेको हो ।

प्रकाशित मिति : २७ भाद्र २०७४ मंगलबार ००:००  १ : ४३ बजे